
पोखरा, ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा भइरहेको वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा गण्डकी प्रदेशले सहभागिता जनाउने भएको छ ।
मुआथाई मुख्य प्रशिक्षक दिपक बहादुर गोदारको नेतृत्वमा उक्त प्रतियोगितामा सहभागिता जनाउन ५ जनाको टोली काठमाडौ तर्फ प्रस्थान गरेको हो । उक्त प्रतियोगितामा ५० केजितौल तर्फ पुरुषमा धिरज परियार, ५५ केजितर्फ मनिष दर्लामी मगर, ६० केजिमा एलिश आचार्य र महिला ५० केजि ज्योति मल्ल ठकुरी तथा खुल्ला तौलमा सुस्मि श्रेष्ठले सहभागिता जनाउने छन ।
उक्त प्रतियोगितामा सहभागिता हुन जाने खेलाडीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, मुआथाई सघ कास्कीका अध्यक्ष अब्राहम खान, क्योकुशिन कान करातेका अध्यक्ष बेल बहादुर थापाले एक कार्यक्रमका विच विदाई गरेका थिए । थापाले खेलाडी लाई नगद ७ हजार समेत प्रदान गरेका थिए भने मुआथाई कास्कीका आशिष भन्डारीले मुआथाई जर्सी र कास्की साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले टोपी प्रदान गरेका थिए ।
