
पोखरा, नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा “१९ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता २०७६” सम्पन्न भएको छ ।
पुरुषतर्फ २५ तौल समूहमा शालिन केसी पहिलो, सत्कार प्रत्येल दोस्रो, प्रमेश मगर र नसिब थापा मगर तेस्रो भए । ३० केजी तौल समूहमा रोहन आचार्य पहिलो, अविशेक तामाङ दोस्रो, सोबिन प्रत्येल र प्रनिल श्रेष्ठ तेस्रो भएका छन् । ३५ केजी तौल समूहमा रोशन गुरुङ पहिलो, रकान्त मगर दोस्रो विधान घिमिरे र निशेष थापा मगर तेस्रो भएका छन् ।
४० केजी तौल समूहमा राजन पोख्रेल पहिलो, सुदिप तिमिल्सिना दोस्रो, आदित्य मल्ल र निराजन खत्री तेस्रो भएका छन् । ४५ केज तौल समूहमा राजेश गौतम पहिलो, राजन बिक दोस्रो, मिराज परियार र सितल कुमाल तेस्रो भएका छन् । ५० केजी तौल समूहमा युवराज गुरुङ पहिलो सुमित सिग्देल दोस्रो, सम्राट सेन र संगम श्रेष्ठ तेस्रो भएका छन् । ५५ तौल समूहमा सुमन बराम पहिलो, दिपेश गुरुङ दोस्रो, अंकित गुरुङ र ह्ुमन मस्याङदी तेस्रो भएका छन् । खुला तौल समूहमा गोविन्द रोका पहिलो, संगम गुरुङ दोस्रो, गणेश अधिकारी र नबराज गुरुङ तेस्रो भएका छन् ।
महिलातर्फको खेलमा ४० केजी तौल समूहमा मातृका शाही पहिलो, ज्याक्सीना क्षेत्री दोस्रो, ललिता छत्याल र अंशु कार्की तेस्रो भएका छन् । ४५ केजी तौल समूहमा मनिषा तामाङ पहिलो, सर्वदा पौडेल दोस्रो सिम्रन खत्री र पुष्पा बिसी तेस्रो भएका छन् । ५० तौल समूहमा सरगम कुमाल पहिलो, सदिक्षा कुमाल दोस्रो, सिता विक र ममत पौडेल तेस्रो भएका छन् । र खुला तौल समूहमा युनिका शेरचन पहिलो, रचना मगर दोस्रो, सृजना पुन र रुवी क्षेत्री तेस्रो भएका छन् ।
यस अघि प्रतियोगितालाई उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुदमा प्राप्त सफलताले नेपालको शाख उठेको बताए । उनले भने–“खेलाडीले गरेको मेहनतलेनै यो प्राप्त भएको हो । प्राप्त शाखलाई जोगाई राख्न खेलाडीले अझै महनत गर्नुपर्नेछ ।” साग अन्तरगत पोखरामा समेत ८ वटा खेल सफलताका साथ सम्पन्न भएको र पोखरा अव कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम छ भन्ने कुरा स्थापित भएको मन्त्री विश्वकर्माले बताए ।
सो अवसरमा नेपाल क्युकोसिन कान कराँते संघ केन्द्रिय अध्यक्ष बिनय मल्ल, नेपाल क्युकोसिन कान कराँते संघ केन्द्रिय प्रशिक्षण राजेन्द्र सुबेदी, नेपाल क्युकोसिन कान कराँते संघ कास्कीका अध्यक्ष बेलबहादुर थापा, नेपाल क्युकोसिन कान कराँते संघ गण्डकी प्रदेश प्रमुख दिपक बहादुर गोदार, प्रतियोगिता संयोजक दानबहादुर क्षेत्री लगायतले खेलाडीलाई शिल्ड मेडल प्रमाणपत्र वितरण गरेका थिए ।
पोखरा रंगशालामा पुस २९ गते र ढुंगेसाँघुमा माघ १ गते भएको प्रतियोगितामा गण्डकी प्रदेशका १ सय ५० भन्दा बढी खेलाडी सहभागी भएका थिए ।
