यूकेमा पोखरा म्याराथन सफल बनाउने चासो, सहयोग समिती गठन

पोखरा, भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन ३ गते अर्थात ११ जनवरी, २०२० शनिबार हुने “१४ औ पोखरा सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफल बनाउन यूकेमा समेत चासो बढ्दै गएको छ ।

पोखरा म्याराथनको लागि यूकेको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मंच यूकेले हालै एक भेला सम्पन्न गरि पोखरा म्याराथन सफल बनाउने बारे छलफल समेत गरेको छ । सोही भेलाले पूर्व भलिबलकी राष्ट्रिय खेलाडी एवम समाजसेवी मन्जु गुरुङको संयोजकत्वमा “१४ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोग मुल समिती युके” गठन गरेको छ ।

उक्त समितीको सह-संयोजकमा नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पती रेग्मी, अर्थ संयोजकमा कमल गुरुङ्ग (धम्पुस), अर्थ सल्लाहकारमा रामचन्द्र गुरुङ्ग (सुर्जे) सहित अठार सदस्यीय सल्लाहकार समिति गठन गरिएको पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङले जानकारी दिएका छन ।

समितीको सल्लाहकार समितिमा यूके स्थित सामाजिक ब्यक्तित्वहरुमा एन आर एन युकेका संरक्षक सुर्य गुरुङ्ग, भुतपूर्व प्रधान अध्यापक महेश गुरुङ्ग, पोखरेली मंच युकेका सस्थापक अध्यक्ष क्या. (रि) चन्द्रबहादुर पुन, मेजर (रि) खुशीमान गुरुङ्ग एम भि ओ (वेल्स), भुपु प्रधान अध्यापक एकेन्द्र गुरुङ्ग, लोक गुरुङ्ग (तान्चोक), क्या. (रि) राजु गुरुङ्ग, (बराल डाँडा, कास्की), ले.चन्द्र गुरुङ्ग (चार भन्ज्याङ्ग,पर्वत), नन्दजङ्ग गुरुङ्ग (सिक्लेस), कुमार गुरुङ्ग, (अध्यक्ष सहारा युके) रहेका छन ।

त्यसै गरि शिवचन्द्र गुरुङ्ग, चन्द्रमान गुरुङ्ग, अध्यक्ष बगर भाईखलक युके, हितकाजी गुरुङ्ग, नरजङ्ग गुरुङ्ग, राम गुरुङ्ग सस्थापक अध्यक्ष रामबजार सोसाइटी युके, ले (रि) कुसाङ्ग गुरुङ्ग, रमेश बास्तोला, रानीपौवा, दिलरास गुरुङ्ग सर्वसम्मत बाट मनोनीत गरिएको छ । उक्त मुल सहयोग समितिमा पोखरेली मंच युकेका सल्लाहकार र कार्यसमिति पदेन सदस्य रहनेछन ।

नवगठित मुल सहयोग समितिलाई “१४ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” का अन्तर्राष्ट्रिय सहयोगी सस्था पोखरेली मंच युकेको तर्फबाट अध्यक्ष गुरुङले बधाई तथा शुभकामना दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close