राखेप सदस्य गुरुङ दोश्रो पटक परिषदको निमित्त सदस्य सचिब

पोखरा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल आज एक साताको लागि चिन भ्रमणमा निस्किएका छन ।

एक साताको भ्रमणमा गएका सिलवालले राखेप सदस्य राजेश कुमार गुरुङलाई निमित्त सदस्य सचिबको जिम्मेवारी दिएका छन । यस अघि १३ औं दक्षिण एशियाली खेलकुद (साग) को तयारी भइरहेको बेला राखेप सदस्य गुरुङले एक साता सम्म सदस्य सचिबको कार्यभार सम्हालेर साग तयारीको राम्रो सुरुवात गरेका थिए । निमित्त सदस्य सचिबका रुपमा गुरुङले दोश्रो पटक कार्यभार सम्हाल्न लागेका हुन ।

एक साताको सदस्य सचिबको कार्यभार सम्हाल्न लागेका गुरुङले सदस्य सचिब सिलवालको अनुपस्थितीमा उनले जिम्मा दिएका कामहरु सक्ने बताए । २०७७ फागुन २० देखि २७ गते सम्म पोखरामा हुने नवौ राष्ट्रिय खेलकुदको लागि सामाग्रीहरु निरिक्षण तथा खरिद गर्ने सिलसिलामा सदस्य सचिब सिलवाल चिन प्रस्थान गरेको निमित्त सदस्य सचिब गुरुङले जानकारी दिए ।

नेपालमा आयोजना हुने वृहत प्रतियोगिताहरुमा खेल आयोजनाको मुखमा आएर सामाग्री खरिद गर्ने परम्परालाई तोड्दै परिषदले एक वर्ष अगावै बाट आफ्नो तयारी थालेर पोखरामा हुने नवौ खेलकूद भव्य हुने संकेत देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close