यस्तो छ पोखरा म्याराथनको रुट, धार्मिक तथा सांस्कृतिक रुपमा समेत महत्वपूर्ण

पोखरा, भूतपुर्ब खेलाडी मञ्च नेपालले यहि फागुन ३ गते शनिबार पोखरामा आयोजनागर्ने “१४ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” को दौड हुने स्थानको नक्शालाई अन्तिम रुप दिएको छ ।

पोखरा म्याराथनमा हुने ४२.१९५ किलो मिटर दौड पोखरा नगर क्षेत्रको धेरै वडाहरु समेटिएको छ । पोखरा महानगर भित्र पर्ने वडा नं १० पोखरा रंगशाला बाट शुरु हुने म्याराथन दौड पोखरा महानगर ९, ८, १७, ६, ५, १, १६, २, ४, ३, १०, ११, १२, १३, १४ र १५ वडा हुँदै रंगशालामा पुगेर टुँगिने मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए । म्याराथन रुटले पोखराका १६ वटा वडाहरु समेटेको छ ।

म्याराथनको रुटले पोखरा बजार क्षेत्रका ८१ वटा चोकहरु समेटेको छ । पोखराको छोरेपाटन देखि बाटुलेचौर हुँदै पुछारमा भोटे चौतारा सम्मलाई रुटले छोएकोछ । “यो रुट पर्यटकिय, धार्मिक, सांस्कृतिक रुपले समेत महत्वपूर्ण छ” भन्छन अध्यक्ष गुरुङ–“यो ४२ किलोमिटर दौड रुटमा फरक–फरक जाती बसोबासको समिश्रण पनि रहेकोले उनीहरुले धावकहरुलाई समेत आ–आफ्नै पारम्पारिक भेष–भूषा, बाजागाजा र सांस्कृतिक रुपमा स्वागत पनि गर्नेछन । जुन कुरा विश्वका अरु ठाउँमा देख्न पाँइदैन ।”

यता १० किलोमिटर दौड अन्तरगत हुने खुल्ला महिला तथा पुरुष तर्फको दौड रुट भने केही फरक छ । पोखरा रंगशाला बाट शुरु हुने दौड पृथ्वी चोक, मुस्ताङ चोक, विरौटा चोक, लेकसाइड बैदाम, हल्लनेचोक, जरेबर, जिरो किमी, सभागृहचोक हुँदै पोखरा रंगशालामा पुगेर सम्पन्न हुनेछ ।

विभिन्न विद्यालयका छात्र–छात्रा दौड ५ किलोमिटर दौड पोखरा रंगशाला बाट शुरु हुनेछ । दौड पृथ्वीचोक, नागढुङा, हर्क गुरुङ चोक, जनप्रिय क्याम्पस, रत्नचोक, जनप्रिय मावि, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर सम्पन्न हुनेछ ।

१४ औं संस्करण हुने पोखरा म्याराथन अन्तरगत हुने रन फर फन, पिस रन, लगाएतका सबै दौडमा ७ हजार भन्दा वढी धावकहरुको सहभागिता रहने मंचका वरिष्ठ उपाध्यक्ष एवम प्रतियोगिताका संयोजक हरि पराजुलीले बताएका छन ।

पोखरा म्याराथनमा यस पटक पुरुस्कार राशीमा गत बर्ष भन्दा दोव्वर २ लाख नगद प्रदान गर्ने समेत मञ्चले घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close