‘ल्होछार घलेल उत्सव’ सम्पन्न, भलिबल उपाधि धम्पुसलाई

पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ घलेलमा सम्पन्न ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ सम्पन्न भएको छ ।

घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा साक्षी राखी, मन, वचन र कर्मले सेवा गरौं’ भन्ने नारा सहित गत १५ गते देखी संचालनमा रहेको उत्सव आज सम्पन्न भएको हो ।

तमु ल्होछारको अवसरमा आयोजित गाउँ स्तरिय पुरुष भलिबल तर्फको उपाधि धम्पुसले जितेको छ ।

घलेल स्थित खेल मैदानमा सम्पन्न फाईनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भुमी युवा क्लब तप्राङलाई पराजित गर्दै उपाधि जितेको हो ।

फाईनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भुमी युवा क्लब तप्राङलाई २५–२०, २५–२१ र २५–२२ को सोझो सेटले पराजित गर्याे ।

उपाधि सँगै धम्पुसले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७० हजार प्राप्त गर्याे भने उपबिजेता बनेको तप्राङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजारमा चित्त बुझायो ।

त्यस्तै मर्दी हिमाल क्लब सिँधिङलाई २५–१३, २५–१७ को सेटले पराजित गर्दै तृतीय बनेको अन्नपुर्ण युवा क्लबलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्रदान गरेको क्लबका सदस्य झक गुरुङले बताए । कुल ३० टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडीका रुपमा मिलन युवा क्लबका मनोज खड्का घोषित भए ।

घोडा दौडमा बल बहादुर च्याम्पियन
खुल्ला घोडा दौड तर्फ नाँगीका बल बहादुर खड्का प्रथम स्थान हाँसिल गरे । सिँधिङ घिप्लीका दुर्गा भण्डारी द्धित्तीय र सोही स्थानकै गोबिन्द गौतमले तृतीय बने ।

खोरामुख स्थित ईदीखोला देखी घलेल खेल मैदान सम्मको निर्धारित ७.५ किलोमिट ३३ मिनेट ३० सेकेण्डमा पार गरी च्याम्पियन बनेका क्षेत्रीलाई नगद १५ हजार प्रदान गरेको खेल संयोजक कृष्ण गुरुङले बताए ।

गुरुङका अुनसार ३३ मिनेट ३३ सेकेण्डमा पार गरी दोस्रो स्थान हाँसिल गरेका भण्डारीले नगद रु १० हजार हात पारे भने तृतीय बनेका गौतमले ३४ मिनेट १२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै नगद रु ५ हजारको हकदार बनेका थिए ।

महिला मेच घुमाई तर्फ सर्मिला गुरुङ प्रथम र सिमा गुरुङ द्वित्तिय बन्दै आकर्षक पुरस्कार प्राप्त गरिन् । घैटो फुटाउने खेल तर्फ गोबिन्द गौतम बिजयी बने । त्यसैगरी सटफुट छेलो तर्फ अर्जुन क्षेत्री च्याम्पियन बने भने शुशिल क्षेत्री दोस्रो बन्दै आकर्षक पुरस्कार प्राप्त गरे ।

उत्वसमा सञ्चालित विभिन्न प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य रामजी बराल (जीवन), माछापुच्छ्रे गाउँपालिका ९ का अध्यक्ष दुर्गा बहादुर क्षेत्री, ८ का अध्यक्ष कृष्ण दवाडी, क्लबको अक्ष्यक्ष राम गुरुङ, धर्मगुरु कर्मा गुरुङ (लामा) टोल विकास संस्थाका संयोजक लगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन कार्यक्रम संयोजक आई बहादुर गुरुङको सभापतित्वमा भएको थियो समापन कार्यक्रममा दिपकराज ढुङ्गानाले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close