
पोखरा, चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
चितवनले फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पहिलो संस्करणमा फाइनल पुगेर उपाधिबाट वञ्चित बनेको चितवनले उपाधिसहित २७ लाख रुपैयाँ जित्न सफल भयो । उपविजेता विराटनगर १० लाख हात पार्यो ।

चितवनका रोहन मुस्ताफा म्यान अफ दी सिरिज, करन केसी वेष्ट बलर हुँदा काठमाडौंका ज्ञानेन्द्र मल्ल वेष्ट ब्याटस्म्यान् घोषित हुँदै टिभिएस मोटरसाइकल प्राप्त गरे । विराटनगरका लोकेस बम मस्ट भ्यालुएवल प्लेयर र धनगढीका अनिल खरेल मस्ट इमर्जिङ प्लेयरको उपाधि बाट सम्मानित हुँदे क्रमशः १ लाख र ५० हजार पुरस्कार पाए ।
चितवनका रोहन मुस्ताफा र अनिल शाहको दोहोरो अर्धशतकीय इनिङ्स पारि खेलोपछि सहित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको बनाएको थियो । २०३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको प्रदीपसिंह ऐरी कप्तानीको विराटनगर पूरै २० ओभरमा ७ विकेटको क्षतिमा १७० रनमा समेटिन पुग्यो । फाइनलमा विराटनगरका मोहम्मद जैद आलमले ५७ रनको योगदान दिए । विराटनगरलाई १७० रनमा रोक्न चितवनका लागि करण केसीले ३६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, सन्नी पटेलले २ र रोहन मुस्ताफाले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ थालेको चितवनको जितमा अर्धशतक पूरा गरेका ओपनर मुस्ताफा र अनिलकुमार शाहले समान ५० रन बनाएका थिए । नटआउट करण केसीले २६ रन बनाउँदा ओपनर कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६, बाबर हयातले ५ रनको योगदान दिँदै अन्तिम बलसम्म २०२ रन बनाए । विराटनगरका पूनीत मेहरा र जैद आलमले समान २–२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।
विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेश सांसदद्वय बिन्दुकुमार थापा, राजीव पहारी, भरतपुर महानगर प्रमुख रेणु दाहाल, विराटनगर महानगर प्रमुख भीम पराजुली लगायतले पुरस्कार वितरण गरे । कार्यक्रम पीपीपएलको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक छुम्बीलामाको अध्यक्षतामा भएको थियो ।
