भ्रमण वर्षलाई लक्षित गर्दै प्याराग्लाइडिङ उडानलाई शुरक्षित गर्दै ‘ना’

केशब पाठक, पोखरा, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पोखरा हवाई खेलकूद संस्था (ना)ले व्यापक अनुगमन थालेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको प्राधिकारिक संस्थाको रुपमा रहेको ना ले पोखराको शाहसिक खेलकूदमा स्थापित प्याराग्लाइडिङलाई व्यवस्थित र मर्यादित बनाउन लागेको अध्यक्ष कृष्ण भण्डारीले बताएका छन ।

अबको एक सातमा नेपालमा शुरु हुने नेपाल भ्रमणवर्षमा आउने पर्यटकहरुको शुरक्षित उडानलाई मध्ये नजर गर्दै सबै प्याराग्लाइडिङ कम्पनीको अनुगमन, निरिक्षण संगै पाइलटहरुको समेत निगरानी शुरु गरिएको हो । ‘हामीले सबै कम्पनीको उडान अनुमतीपत्र, टेक अफ र ल्याण्डिङ क्षेत्र र पाइलटको लाइसेन्स समेतलाई गहन तरिकाले अनुगमन र अध्ययन शुरु गरेका छौं’ अध्यक्ष भण्डारीले भने–‘प्याराग्लाइडिङ पाइलट, व्यवसायी र जिल्ला प्रहरी कार्यालयको सहयोगमा यो अनुगमन शुरु गरेका हौं ।’

नागरिक उड्ययन प्राधिकरण द्वारा प्रकाशित सूचनाका आधारमा अनुगमन शुरु गरिएको अध्यक्ष भण्डारीले बताए । पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनीहरु दर्ता रहे पनि ५७ वटा मात्रै अपरेशनमा रहेको उनले बताए । त्यस मध्ये करिब २५ वटा कम्पनीको मनोरंञ्जनात्मक उडान अनुमतीपत्र लगाएत अन्य कागजातहरुको नविकरण नभएका कारण मंगलबार बाट उनीहरुको उडान समेत रोकिएको ना ले जनाएको छ । सबै व्यबसायीको दररेटमा समेत एकरुपता ल्याउन र कर बिजक विल समेत अनिवार्य गरिएको छ ।

पोखरामा संचालनमा रहेका प्याराग्लाइडिङ कम्पनीहरुमा करिब ३ सय भन्दा वढी पाइलटहरु कार्यरत रहेका छन । उनीहरुको समेत उडान अनुमतीपत्र लाइसेन्सको नविकरण शुरु गरिएको ना ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close