केन्पोकाईका नेपाल र भारतका खेलाडी भिड्दै, करिब ४ सय खेलाडी पोखरा आउने

पोखरा, नेपाल केन्पोकाई एशोसियसनको आयोजनामा पोखरामा यहि पुष १२ गते ‘दोश्रो नेपाल भारत मैत्रीपूर्ण केन्पोकाई प्रतियोगिता २०७६’ अन्तरगत नेपाल र भारतका खेलाडीहरु भिड्ने भएका छन ।

जापानी मार्शल आर्ट खेलमध्येको एक केन्पोकाई खेलको नेपालका मुख्य प्रशिक्षक हरि खडका (नाराज) का अनुसार प्रतियोगिता पोखरा रंगशालामा चौथो राष्ट्रिय केन्पोकाई संगै दोश्रो नेपाल भारत मैत्रीपूर्ण केन्पोकाई प्रतियोगिता संचालन हुने भएको हो ।

दोश्रो नेपाल भारत मैत्रीपूर्ण केन्पोकाई प्रतियोगितामा सहभागिता जनाउन भारत बाट करिब विभिन्न तौल समुहमा २० जना खेलाडी पोखरा आउनेछन । त्यसै गरि चौथो राष्ट्रिय केन्पोकाईमा नेपालका सातै प्रदेशका करिब ३५० जना खेलाडी पोखरा आउने उक्त कार्यक्रमका संयोजक प्रगत कायस्थले जानकारी दिए ।

संयोजक कायस्थका अनुसार पुष ७ गते बाट ११ गते सम्म नेपाली रेफ्रिहरुको सेमिनार संचालन हुनेछ । जस बाट केन्पोकाईका लागि राष्ट्रिय रेफ्रिहरुको समेत उत्पादन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

करिब एक साता लामो कार्यक्रम सम्पन्न गर्न १५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । बाहिर बाट आउने खेलाडीलाई पोखरामा खाने, बस्ने र घुम्ने समेत प्रवन्ध गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई पदक, कप तथा प्रमाणपत्र प्रदान गरिनेछ भने केन्पोकाई खेलका विभिन्न डेमोष्ट्रेशन र नृत्य समेत प्रस्तुत गरिनेछ ।

प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै तथा पोखरालाई खेल पर्यटन मार्फत पहिचान दिन कार्यक्रम सफलहुने विश्वास आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close