
पोखरा, पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा ज्ञानेन्द्र मल्लले विष्फोटक शतकिय पारि खेले पछि दुई खेलमा लगातार पराजय बेहोरेको काठमाडौ गोल्डेन्स वारियार्सले पिपिएलमा कम ब्याक गरेको छ ।
‘खेलको म्यान अफ दि म्याच’ ज्ञानेन्द्रले ८ चौका र ९ छक्काको मद्धतले ३८ बलमा पिपिएलको इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडीको रुपमा उभ्याउँदा काठमाडौले धनगढी एक्सपर्टलाई १८६ रनको विशाल स्कोरको लक्ष्य प्रस्तुत गरेको थियो ।
पोखराको प्रतिकुल मौसमका कारण ढिलो सुरु भएको म्याचलाई डक वर्थ लुईसका आधारमा १७ ओभरमा झारिएको खेललाई काठमाडौले सजिलै संग १०६ रनले जित दर्ता गर्दै अंक तालिकामा उभ्याएको छ । प्रतियोगितामा आफ्नो दोस्रो जीतको खोजीमा रहेको धनगढी काठमाडौँले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा १६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७९ रन मात्र जोड्न सक्यो ।
धनगढीका लागि ओपनिङमा सन्दीप सुनारले खाता खोल्न सकेनन् भने रोड्रिगो थोमसले १४ बलमा १० रन लिए । श्रीमान्थ विजयारत्नाले १२ बलमा १५ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
काठमाडौँका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट, पवन सर्राफ र सुवोद भाटीले समान दुई-दुई तथा अमृत भट्टराई र सुशन भारीले एक-एक विकेट लिए ।
काठमाडौँका शुरुआती ब्याट्सम्यान गौरव तमोर तीन बलमा रनको खातानै नखोलि पेभिलियन फर्किए । अर्का ब्याट्सम्यान जयकृष्ण कोल्सावालले ३७ बलमा ४६ रन जोडे । त्यस्तै तेस्रो क्रममा ब्याटिङमा आएका अमृत श्रेष्ठले २१ बलमा ३४ रनको योगदान दिए ।
यता पोखरा पल्टनले आफ्नो् तेश्रो खेल खेल्न मैदान उत्रीए पनि आज लगातार दोश्रो हार बेहोरेको छ । विराटनगर टाइटान्सले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १९ं.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमा सबै बिकेट गुमाउन पुग्यो ।
पोखराका व्याटिङ लाइनअपको मध्यक्रममा रहेका कप्तान शरद भेषवाकर, रविइन्दर सिंह र कुशल मल्ल जस्ता विष्फोटक व्याट्स्म्यानहरु डक हुँदै पेभिलिएन फर्केपछि पोखराले ४५ रनको हार वेहोरेको थियो ।
पोखराको इनिङमा रोहितकुमार पौडेलले सर्वाधिक ३२ रन बनाएका थिए । त्यस्तै, कुशल भूर्तेलले २४ र आशीफ शेखले १३ रनमात्र बनाउन सके पनि अन्यको रन आँकडा फितलो रह्यो । पोखरालाई सस्तैमा समेट्न विराटनगरका किशोर महतोले ३, जितेन्द्र मुखिया र मोहम्मद जैद आलमले समान २ विकेट लिए । पूनीत मेहरा, साहव आलम र नोमान खानले समान १ विकेट झारे ।
विराटनगरको जितका लागि विदेशी खेलाडी पुनीत मेहरा नटआउट हुँदै अर्धशतक बनाए । उनले २६ बलमा ५ चौका र ४ छक्का हान्दै सर्वाधिक ६१ रन जोडेका थिए । यस्तै, उसका लागि सुनिल धमलाले ४० बलमा ३६ रन र मोहम्मद जैद आलमले २६ रन बनाउँदै जित सुनिश्चित गरे । कप्तान प्रदीपसिंह ऐरीले ६ रनमात्र बनाउँदै पेभेलियन फर्किए । प्रतियोगितामा पुनीत मेहरा म्यान अफ दी म्याच घोषित भए । पोखराका लागि क्याप्टेन शदर भेषवाकरले २ विकेट तथा कुशल मल्ल र सर्वजित लड्डाले १–१ विकेट झारे ।
विहीबारको म्याचमा चितवन राइनोज र बुटवल ब्लाष्टर मैदान उत्रिने आयोजकले जनाएको छ ।
