
पोखरा, पोखरामा आइतबार बाट शुरु हुने दोश्रो संस्करणको पोखरा प्रिमियर लिग (पिएिल) टि–२० क्रिकेट प्रतियोगितामा आयोजकले दर्शकका लागि समेत आर्कषक उपहार थपेको छ ।
पिपिएलको आयोजक क्वीन्स इभेन्टले एक हातले क्याच समात्ने दर्शकका लागि १५ हजार नगद प्रदान गर्ने घोषणा गरेको हो । नेपालको कुनै पनि क्रिकेट प्रतियोगितामा यो अभ्यास भने अहिलेसम्मकै नौलो हो ।
टि–२० क्रिकेटमा अधिकांश व्याट्स्म्यानहरु आफ्नो टिमको रनलाई गति दिन उच्च स्कोर बनाउने लक्ष्य अनुरुप चौका वा छक्का प्रहार गर्ने दाउमा हुन्छन । व्याट्स्म्यानले प्रहार गरेको छक्का वाउण्डरीलाइन बाहिर दर्शकले एक हातले क्याच समात्ने वित्तिकै १५ हजार पाउने भएका छन ।
यस्तो पुरस्कारको प्रचलन न्यूजिल्याण्ड बाट शुरु भएको हो । जहाँ यो अभ्यास अहिले पनि कायमै छ । पिपिएलमा दर्शकको शंख्या बढाउन यो आर्कषक पुरुस्कारले सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ ।
