
पोखरा, १३ औं दक्षिण एसियाली खेलकुल (साग) पोखरामा भब्य र सफलतापूर्वक सम्पन्न भएको अबसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य मन्त्रि पृथ्बी शुब्बा गुरुङले खेलकुद बिकासमा पनि प्रदेश सरकार पहिलो नै हुने बताएका छन ।

गण्डकी प्रदेश सरकारले आयोजना गरेको धन्यबाद ज्ञापन कार्यक्रममा बोल्दै मुख्य मन्त्रि गुरुङले भने–‘जसरी बिकासका लागि गण्डकी प्रदेश सरकार पहिलो भएको छ त्यसरिनै १३ औं सागमा प्रदेशका तर्फ बाट पदक जित्ने खेलाडीलाई सम्मान गर्ने कुरामा मात्रै नभई खेलकुद बिकासमा पहिलोनै हुनेछ ।’
सबै पदक बिजेत खेलाडीलाई प्रदेश सरकारको तर्फ बाट बधाई दिंदै मुख्य मन्त्रि गुरुङले प्रदेश सरकारले भब्य कार्यक्रमका विच सबैखेलाडीलाई नगद सहित सम्मान गर्ने उदघोष गरे । उनले निकै चुनौती र अवसरका विच सम्पन्न भएको १३ औं साग सम्पन्न गर्न सबैले खेलेको भूमिकाका लागि आभार समेत व्यक्त गरे ।
साग खेल नेपालमा आयोजना हुने भनिए तयारीमा निकै ढिलाई र तालमेलको अभाव रहेको बताउँदै मुख्य मन्त्रि गुरुङले भने–‘घरमा आगो लागे पछि इनार खने’ जस्तै गरि सागको तयारी शुरु गरिएको प्रति कटाक्ष गरे । उनले निकै आनाकानीका विच भब्य रुपमा सम्पन्न भएकोमा प्रदेश सरकार खुसी रहेको बताउँदै अब पोखरामा हुने नवांै राष्ट्रिय खेलकुदमा जुट्न सबैलाई आग्रह गरे ।
पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न प्रदेश सरकारले तयारी थाल्ने बताउँदै मुख्य मन्त्रि गुरुङले भने–‘के कस्तो पूर्वाधारहरु तयार गर्नुपर्ने र कति खर्च गर्नुपर्ने हो ? संघिय सरकारले त्यस्को जानकारी समयमा दिओस, प्रदेश सरकार र पोखरा महानगर त्यसका लागि तयार छ ।’ उनले सबै कुरा योजनावद्ध रुपमा अघि बढेमा प्रदेश सरकारको प्रतिष्ठा समेत माथी उठने बताए ।
मुख्यमन्त्रि गुरुङले नवौं राष्ट्रिय खेलकुदमा गण्डकीलाई पहिलो स्थान बनाउन सबै खेलाडी र प्रशिक्षकहरुलाई तयारी थाल्न आग्रह समेत गरे । सो अबसरमा मुख्य मन्त्रि गुरुङले सागलाई भब्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने विभिन्न खेलकुदका संस्थाहरुलाई सम्मान पत्र प्रदान गरे ।
सो अबसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले कठिन घडी परिस्थितीमा साग सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यबाद व्यक्त गरे । उनले पोखरेली खेलप्रमीहरुको सहयोग र सञ्चार माध्यमले खेलेको भूमिकाका लागि धन्यबाद दिंदै अब नवौं राष्ट्रिय खेलकुदमा जुटन र सफल बनाउन आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि एवम साग पोखरा स्थानिय व्यवस्थापन तथा सहजिकरण समितीका संयोजक नर देबी पुन, गण्डकी प्रदेश सांसद तथा अर्थ बिकास समितीका सभापती दिपक कोईराला, पोखरा महानगपालिकाका प्रमुख मान बहादुर जिशी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, शुरक्षा निकायका प्रमुखहरु, १३ औं साग विभिन्न उपसमितीका पदाधिकारीहरु, खेलाडी लगाएतको सहभागिता रहेको थियो ।
