
पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक नेपालले जितेको छ । दशरथ रंगशालामा मंगलबार सम्पन्न फाइनलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो ।
नेपालको जितमा अभिषेक रिजालले १७ औं मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिएका थिए तर ३७ औं मिनेटमा भुटानका चेन्चो ग्यालसेनले बराबरी गोल फर्काउँदै नेपाललाई दवावमा राख्ने प्रयास समेत गरे । तर दोश्रो हाफको लगतै सुनिल बलले आर्कषक हेड मार्फत गोल गर्दै नेपालका लागि स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा जितेको यो चौथो स्वर्ण पदक हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेको थियो ।
