साग महिला फुटबल : भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा । आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ ।

सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो । भारतको जितमा स्ट्राइकर एनजि बाला देवीले दुवै गोल गरेकी थिईन । उपाधि जिताउन एनजि बाला देवीले नायकत्व प्रर्दशन गरिन । उनले खेलको १८ औ मिनेटमा खाता खोल्दै भारतलाई अग्रता दिलाएकी थिइन ।

नेपालको डिफेन्सले मिस गरेको बल क्याच गर्न पुगेकी गोलकिपर एञ्जिला थुम्बापो अगाडि बढेकोले एनजि बाला देवीलाई गोल गर्न सहज भएको हो । त्यस्तै दोस्रो हाफको १० औ मिनेटमा भारतका एनजि बाला देवीले नै गोल गर्दे भारतको लािग गोल दोब्बर पारेकी थिईन । नेपालको गोलकिपर एञ्जिला आजको खेलमा अगाडी बढेर खेलेका थिए । त्यसको फाइदा लिदै एनजी बाला देवीले दोस्रो गोल गर्न सफल भईन ।

खेलको ६ औ मिनेटमा नेपालका स्ट्राइकर साम्बाले विपक्षीको डिबक्सभित्र बाट दिएको पासलाई सदुपयोग गर्न नसक्दा नेपालले गोलको अग्रता लिने मौका गुमाएको थियो । घरेलु मैदानमा दर्शकको साथ पाएको नेपालले खेलमा जादु देखाउन सकेन ।

खेलको २१ औ मिनेटमा नेपालका डिफेन्डर अस्मिताले सेन्टर नजिकबाट गरेको प्रहार क्रसबार बाट बाहिरिएको थियो । सो बलले बाहिरबाट जालीमा लाग्दा उपस्थिीत दर्शकहरु गोल भन्दै चिच्याएको थियो । तर बलले जाली चुमे पनि बल भुइमा झरे पछि गोल नभएको थाहा पाए । निराश हुदै एकछिन रंगशाला सन्नाटा छायो ।

सावित्रा भण्डारीको भरमा नेपालले पुरा खेल खेलेको स्पष्ट देखिन्थ्यो । अर्थात टीम गेम खेल्नै सकेन । यता भारतको भने खेलाडीहरुमा तालमेल निकै मिलेको देखिन्थ्यो । एक गोलले पछि परेको नेपालले दोस्रो हाफको केहि मिनेट भारतलाई प्रेसरमा राखे पनि खेलमा फर्कन भने सकेन ।

दोस्रो हाफको ४ औ मिनेटमा भारतका क्याप्टेन अस्हल्ता देविले सावित्रालाई डिबक्सभित्र लडाउँदा पेनाल्टीको अपिल गरेको थियो । तर त्यसलाई रेफ्रीले फल नै दिएन । त्यस्तै ५ र ६ औ मिनेटमा नेपालले पाएको अर्को अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको ३१ औ मिनेट नेपालका मिडफिल्डर अनिता बस्तेतका ठाउँमा मन्जली कुमारी योन्जोनलाई मैदानमा उतारे पनि उनले खासै सन्तुष्टी हुने खेल देखाउन सकिनन् ।

आजको खेलमा भारतीय खेलाडीहरु निकै फिट देखिन्थ्यो भने नेपाली खेलाडी शारीरिक रुपमा अलि थाकेको भान र फिनिसिङमा कमजोर देखिन्थे । आयोजक राष्ट्र नेपालले घरेलु दर्शक,मैदान र हावापानी सबैको साथ पाए पनि खेलमा गोल गर्न नसक्दा भारतलाई उपाधि सुम्पन्न बाध्य भयो । नेपालले रजतमा चित्त बुझाउन प¥यो ।

खेलको अन्तिम सम्म रंगशालामा भरिएका दर्शकले लगातार नेपालको हौसला बढाइरहेका थिए । तर नतिजा उनीहरुको निम्ति अमिलो नै रह्यो । दुइ दिन अघि सम्पन्न खेलमा मालदिभ्सले कास्य पदक प्राप्त ग¥यो ।

प्रशिक्षक खड्काको राजीनामा 
साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले हार बेहोरेसँगै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा दिएका छन् । साग सुरु हुनुभन्दा अघि भारतलाई हराएर इतिहास रच्ने दावा गरेका उनले फाइनलमा फितलो प्रदर्शन गरेपछि ‘नैतिकता’का आधारमा राजिनामा दिएको बताएका हुन् ।

‘हाम्रो टार्गेट नै गोल्ड थियो । तर, आफ्नै टार्गेट पूरा गर्न सकिनँ,’ खेलपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले भने, ‘अब यो भूमिकामा अब निभाउँदिनँ । नैतिकताका आधारमा राजिनामा घोषणा गर्दैछु ।’ उनको प्रशिक्षण साफ च्याम्पियनसिप र नाजेदा गोल्डकपमा पनि भारतसँगै हार ब्यहोर्नु परेको थियो ।

खड्काले फाइनलका सबै गोल आफ्नै कमजोरीले भएको पनि स्वीकारेका छन् । उनले भनेका छन्, ‘गोलकिपरलाई जुन इन्स्ट्रक गरेको थिएँ । पहिलो गोलमा डिफेन्स र गोलकिपरबीच केही कम्युनिकेसन ग्याप हुन पुग्यो,’ उनले भने, ‘दोस्रो गोल पनि आफ्नै कारणले हुन पुगेको हो ।’

१३ औं साग अन्तर्गतको महिला फुटबल प्रतियोगितामा हार ब्यहोरेसँगै नेपाली महिला टिम क्याप्टेन निरु थापा र मनमाया लिम्बुले पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । नेपाल प्रहरीमा आबद्ध थापाले मैत्रीपूर्ण खेलका लागि गत वर्ष नेपाली महिला फुटबल टोली चिन जाँदा पहिलो पटक कप्तानी सम्हालेकी थिइन् ।

राखेप सदस्य गुरुङ द्वारा सुनको पदकको घोषणा
यसै विच राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेल बाट सन्यास लिएका निरु थापा र मन माया लिम्वुलाई मदन भण्डारी स्पोर्टस एकेडेमीको तर्फ बाट आधा तोला सुन सहित चार तोला चाँदीको समृषण रहेको पदक दिने घोषणा गरेका छन । स्मरिणय के छ भने राखेप सदस्य गुरुङले यस अघि नै पोखरामा भएको एक कार्यक्रममा सोही अनुरुप मेडल प्रदान गरेर सम्मानित गरिसकेका छन ।

खेल पछि सन्यास लिएका दुवै खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको छ ।

यस अघि भएको समापन कार्यक्रममा बोल्दै यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा सुनारले पोखरामा साग आयोजनाको क्रममा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए । उनले पोखरा अब पोखरा ९ औं राष्ट्रिय खेलकालागि तयारी अवस्थामा रहन र स्विमिङ पुल लगाएत अन्य संरचनाहरु छिट्टैनै सम्पन्न गर्ने जनाए ।

विजेता खेलाडीलाई यूवा तथा खेलकुद मन्त्रि विश्वकर्मा, गण्डकी प्रदेश मुख्य मन्त्रि पृथ्वी शुव्वा गुरुङ, सामाजिक बिकास मन्त्रि नर देबी पुन, आन्तरिक मामिला तथा कानुन मन्त्रि हरि बहादुर चुमान, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगाएतले पुरुस्कार, मेडल तथा ट्रफी वितरण गरेका थिए ।
खेल पछि सहाराको सरसफाई
पोखरा रंगशालामा १३ औं साग अन्तरगत महिला फुटबलको फाइनल खेल सम्पन्न पश्चात सहारा क्लब पोखराले सरसफाई गरेको थियो । १० औं हजार दर्शक उपस्थित रंगशालाको सरसफाईका लागि क्लबले पहल गरेको अध्यक्ष केशब बहादुर थापाले बताए । क्लबका पदाधिकारी तथा सदस्यहरुले दर्शकहरुले फालेको फोहोर संकलन गरेर पोखरामा उदाहरणिय कार्य गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close