नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा भण्डारी निर्वाचित

पोखरा, शाहसिक खेलकुद प्याराग्लाइडिङलाई व्यवस्थित बनाउन लागि परेको नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्ष कृष्ण भण्डारी निर्वाचित भएका छन ।

पोखरामा सम्पन्न संस्थाको ८ औं अधिबेशन तथा १७ औं साधारण सभाले भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । बिहिबार राती ढिलो गरि सम्पन्न निर्वाचनमा निवर्तमान उपाध्यक्ष सोभियत बानियालाई पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन ।

यसै गरि संस्थाको वरिष्ठ उपाध्यक्षमा बसन्त दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितिय उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, तृतिय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा अनिल केसी र महासचिबमा बलराम आचार्य निर्विरोध निर्वाचित भएका छन ।

यसै गरि सचिबमा माधब तिवारी, कोषाध्यक्षमा एलिश थापा र सह कोषाध्यक्षमा चिन बहादुर बानिया निर्वाचित भएका छन । अधिवेशन बाट सदस्यमा शर्मिला शर्मा, संगिता अधिकारी, खुब बहादुर गुरुङ, दिपक थापा, शुभाष थापालाई निर्विरोध निर्वाचित भएका छन ।

यस अघि सम्पन्न अधिवेशनको उद्घाटन नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोर्खेलले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हवाई खेलकुदको माध्यम बाट यस क्षेत्रमा पर्यटन प्रवद्र्धनमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै ो ना ले पहिलो पटक कार्यक्रममा सञ्चारकर्मी द्वय केशब पाठक र सुमन ढुङानालाई नगद १५ हजार सहित सम्मान गरेको थियो । कार्यक्रममा १८ औं एशियाडमा नेपाललाई पदक विहिन हुन बाट जोगाउँदै रजत पदक जित्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई समेत सम्मान गरिएको थियो ।

ना ले पोखराको प्याराग्लाइडिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नागरिक उड्ययन प्राधिकरणको प्राधिकारिक संस्थाको रुपमा कार्य गरिरहेको छ । संस्थामा ६० व्यवसायिक संस्था र करिब ३ सय पाइलटहरु आवद्ध रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close