
पोखरा, नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन् । चार देशले भाग लिएकोे विधामा पाकिस्तानको पनि सहभागिता थियो ।
गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन् । उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन् ।
साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिला तर्फ सहभागिता जनाएको हो । १० औं संस्करणका सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ ।
यस्तै, महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो । त्यस्तै बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य जित्न सफल भए ।
भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा एक सयक ५ सहित एक ८१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् ।
बंगलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार बहन गरेका हुन् । बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो ।
भारोत्तोलनमा तुलाराम कास्यमा सीमित
नेपाल आर्मीका तुलाराम महतोले सागअन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य जितेका छन् । उनीबाट कम्तीमा रजत आशा गरिएकोमा पोखरामा बिहीबार भएको ५५ केजी तौल समूहमा उनी कास्यमा सीमित भएका हुन् । सागको यो पहिलो सहभागितामा उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९८ गरी कुल १७८ भार बहन गरेका हुन् ।
नेपाल सहित श्रीलंका र बंगलादेशले मात्र भाग लिएको ५५ केजी तौल समूहमा श्रीलंकाका वाईडीआई कुमाराले स्वर्ण र बंगलादेशका राजकुमार रायले रजत पदक जित्न सफल भए । कुमाराले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० गरी २३५ किलो भार बहन गर्दै स्वर्ण जितेका हुन् भने रायले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०४ गरी कुल १०४ बहन गरेका हुन् । रायले नेपाली खेलाडीलाई क्लीन एण्ड जर्कमा मात्र ६ किलोले पछि पारेका थिए । महतो र रायको स्न्याचमा समान ८० किलो भार बहन थियो ।
यस्तै, ६१ केजी तौल समूहमा भारतीय खेलाडीले स्वर्णमा आफ्नो नाम लेखाए । सिद्धान्त गोगोईले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १४९ गरी २६४ भार बहन गर्दै मात्र १ किलो तौल समूहले श्रीलंकन खेलाडीलाई पछि पारेका हुन् । श्रीलंकाका पालुगासिंघेले स्क्याचमा ११८ र क्लीन एण्ड जर्कमा १४५ सहित कुल १६३ भार बहन गरेका थिए ।
बंगलादेशका मोस्टाइन बेलाले कुल २३५ केजी लिफ्ट लिँदै कास्य जिते । उनले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० केजी भार बहन गरेका थिए ।
भारोत्तोलनमा नेपाललाई पहिलो कास्य, संगीताको नयाँ राष्ट्रिय कीर्तिमान
पोखरा, नेपालकी संगीता राईले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गर्दै आफ्नो नाम लेखाएकी हुन् । २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् ।
यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।
सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन् । श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन् ।
यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो । प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ ।
भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७ केजी भार बहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन् । हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् । बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् । विजयीलाई बिहीबार नै पदक हस्तान्तरण गरिएको छ ।
चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिम्भबाहेक सबै देशको सहभागिता छ । भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ दश ÷दश तौल समूहमा प्रतिष्पर्धा हुनेछ । बिहीबार नै पुरुषतर्फ ५५, ६१ केजी तथा महिलातर्फ ५५, ५९ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।
बिच भलिबलमा निराशाजनक प्रदर्शन
पोखरा, सागमा पहिलोपल्ट समेटिएको बिच भलिबलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । १३ औं साग अन्तर्गत बिहीबारदेखि लेकसाइडमा सुरु भएको बिच भलिबलमा पुरुषको २ र महिलाको २ टिमले पहिलो खेलमै पराजय ब्यहोरेका हुन् ।

नेपालको तर्फबाट बाराहीघाट मैदानमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार, राजु विक र सञ्जु शाह, महिलातर्फ विनिता बुढाथोकी र नेविका चौधरी, कोपिता उप्रेती र मनीषा चौधरीको जोडी प्रतिस्पर्धामा उत्रिए ।
पहिलो खेलमा नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीस“ग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित हुनुप¥यो ।
बंगलादेश शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडी माल्दिभ्सको अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीस“ग १८–२१ र १६–२१ ले पराजित भयो ।
नेपालका राजु विक र सञ्जु शाहको जोडी पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीस“ग १४–२१ र १५–२१ को हार ब्यहो¥यो ।
बंगलादेशको मोहम्मद मोनर हुसैन र मोहम्मद शाहजहा“ अलिको जोडीले माल्दिभ्सका एडम नसिम र मोहम्मद अलिको जोडीलाई १७–२१, २१–१८ र १५–१२ को सेटमा पाखा लगायो ।
पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीले बंगलादेशको शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडीलाई २१–१९ र २१–१६ को सेटमा सहजै जित्यो ।
श्रीलंकाका इन्डिका तिरोन र जयन सनुजाको जोडीले नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१–१६ र २१–१८ मा समेट्दै जित हात पा¥यो ।
पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीले बंगलादेशको मोहम्म्द मोनिर हुसैन र मोहम्मद शाहजहा“ अलिको जोडीलाई १८–२१, २१–१८ र १५–१० को सेटमा पराजित ग¥यो ।
श्रीलंकाका प्रदिप आशंका र असिन कुमाराले नेपालका राजु विक र सञ्जु शाहको जोडीलाई २१–९ र २१–११ मा सहजै पखा लगायो ।
पुरुषतर्फ जस्नव खान र अफाख खानको जोडी ४ अंकसहित पुल ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तानकै मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीले पनि ४ अंक सहित पुल ‘बी’ को शीर्ष स्थान ओगटेको छ ।
महिलातर्फ बिहीबार २ खेल भए । पहिलो खेलमा नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडी श्रीलंकाको दीपिका जेडेरा र मधुशानी वेरासिंगेको जोडीस“ग १६–२१, २१–१२ र ११–१५ को सेटमा पराजित भयो । अर्को खेलमा नेपालकै कोपिता उप्रेती र मनीषा चौधरीको जोडी श्रीलंकाकै लक्षिनी थारुका र दिनेशा प्रशादनीको जोडीस“ग ११–२१ र १३–२१ ले पराजित हुन पुग्यो ।
बंगलादेश महिला क्रिकेटको फाइनलमा, फाइनल पुग्न नेपालले जित्नै पर्ने
पोखरा, तेह्रौं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत बंगलादेश महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेश मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको बंगलादेशले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो । बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे । प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रनको महत्वपूर्ण योगदान दिए । ६५ बलको सामना गरेकि सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन् । विस्फोटक व्याटिङ्ग गरेकि फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकि थिइन् । मालदिभ्सयको बलिङ्गमा समा अलिले १ विकेट लिइन् ।
जितका लागि २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको मालदिभ्स ६ रनमै अलआउट भयो । बलियो बंगलादेशबिरुद्ध ब्याटिङमा उत्रिएका मालदिभ्सका खेलाडी एकपछि अर्को गर्दै खातै नखोली पेभेलियन फर्किए । मालदिभ्सका समा अलिले २ तथा इस्माइस र अतिमाथले १–१ रन मात्रै बनाए । अन्य खेलाडीले खातासमेत खोल्न सकेनन् । मालदिभ्सले २ रन भने अतिरिक्त रनका रुपमा पाएका थिए । बंगलादेशको बलिङ्गमा रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पुजा चक्रावर्तीले पनि एक एक विकेट लिए ।
अब नेपालले सेमीफाइनल पुग्न जित्नैपर्ने दवाब परेको छ । नेपालले शुक्रबार श्रीलंकासँग खेल्नेछ ।
सावित्रा भण्डारी (साम्वा)को ह्याट्रिकसँगै फाइनलमा, भारत संग भिड्ने
१३ औं दक्षिण एसियाली अन्तर्गत पोखरामा भइरहेको महिला फुटबल खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोलले पराजित गरेको छ । नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरिन् र टोलीलाई सहज जित दिलाइन् ।
साम्बाले खेलको १६ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएकी थिइन् । उनले निता बस्नेतको पासमा हेड गोल गरेकी हुन् । लगत्तै २० औं मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारिन् । खेलमा नेपालले माल्दिभ्समाथि एकलौटी दबाब राख्न सफल भएको थियो । तर, पाएको अवसरलाई सद’पयोग गर्न नसक्दा तेस्रो गोलका लागि अन्तिम समयसम्म पर्खिन’ प¥यो ।
खेलको पहिलो हापमा २–० ले पछि परेको माल्दिभ्सले दोस्रो हापमा पनि राम्रो सुरुवात गर्न सकेन । तर, नेपालले पनि मौकाको फाइदा उठाउन सकेन । खेलको अतिरिक्त समयमा भने नेपालकै सावित्रा भण्डारीले तस्रो गोल गर्न गरिन् । अतिरिक्त समय ९१ औं मिनेटमा गरेको गोलसँगै जारी प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेकी छिन् ।
अतिरिक्त समयमा विपक्षी खेलाडीले साम्बालाई डिबक्स एरियाभित्र लडाएपछि नेपालले पेनाल्टीको मौका पाएको थियो । नेपालकी स्ट्राइकर भण्डारीले उक्त मौका छाडिनन्, र बललाई जाली चुमाइन् । योसँगै माल्दिभ्सले जारी प्रतियोगितामा दोस्रो हार व्यहोेरेको छ । यसअघिको खेलमा माल्दिभ्स भारतसँग ५–० ले स्तब्ध बनेको थियो ।
खेलपछि माल्दिभ्स राष्ट्रिय महिला प्रशिक्षक अहम्मद नासिदले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपाली टिम हामीभन्दा राम्रो छ भन्ने थाहा छ । तर, पनि हाम्रा खेलाडीले पनि उत्कृष्ट खेल देखाउन भने छाडेनन् ।’ उनीहरुले राम्रो रक्षात्मक खेल खेलेको प्रतिक्रिया दिए ।
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पहिलो हाफ सोचजस्तै भएपनि दोस्रो हापमा केही कमजोरी देखिएको स्वीकारे । तर, फाइनलसम्म पुग्न ३ अंक चाहिएकाले त्यही अनुरुप नै खेलेको उनले बताए । ‘अवसर धेरै पायौं । तर, त्यो अवसर हामीले अर्को खेलमा इन्डियाका लागि साँचेर राखेका हौं,’ उनले भने ।
राउन्ड रोबिन आधारमा भएको खेलमा नेपाल र भारत ६÷६ अंकसहित शीर्षस्थानमा छन् । श्रीलंका र माल्दिभ्स अंकविहीन छन् । शनिबार नेपाल र भारत समुह चरणको शीर्षस्थानका लागि सामना गर्नेछन् । त्यसबाट शीर्ष अंक प्राप्त गर्ने देशले २३ गते स्वर्ण पदकका लागि आम्नेसाम्ने हुनेछन् ।
भारत फाइनलमा
१३ औ दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा भारतले लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा आज भएको पहिलो खेलमा श्रीलंकालाई ६–० गोलले हराउदै भारतले दोस्रो जित हात पारेको हो । भारतको जितमा एन रत्नाबाला देवि र सन्धिया आरले समान २/२ गोल गरिन भने डेङ्घमेल ग्रेन्स, रोजा देवीले समान १÷१ गोल गरेकी थिईन ।
यस अघि प्रतियोगितको पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो ।
भारतको जितमा डेङ्घमेल ग्रेन्सले खेलको ८ औ मिनेटमा गोल गर्दे भारतको लागि खाता खोलेकी थिईन । त्यस्तै खेलको १० औ मिनेटमा सन्धिया आरले अर्को गोल थप्दै गोल दोब्बर गराएकी थिईन । एन रत्नाबालाले श्रीलंकाको डिबक्स भित्र दिएको सट पासलाई सदुपयोग गर्दे सन्धिया आरले बललाई जाली चुमाएकी हुन ।
खेलको शुरुवात देखि नै श्रीलंका माथि हावी भएको भारतीय टीमले गोलको बर्षा नै गराएको थियो । भारतको लागि तेस्रो गोल एन रत्नाबाला देवीले १९ औ मिनेट र चोथौ गोल सन्धिया आर गरिन् ।
खेलको दोस्रो हाफमा श्रीलंका खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सफल भएन ।
दोस्रो हाफको ४३ औ मिनेटमा भारतका खेलाडी ए रोजा देवीले ५ औ गोल गर्दे श्रीलंकाको जित्ने झिनो आशालाई समाप्त पारेकी थिइन । त्यस्तै भारतको लागि अन्तिम गोल दोस्रो हाफको ४६ औ मिनेटमा एन जी बाला देवीले गोल गरेकी थिईन ।
दक्षिण एशियाली महारथी भारतको टोलीलाई महिला फुटबलमा श्रीलंकाले अहिलेसम्म हराउन सकेको छैन् । श्रीलंकालाई खेल अवधिभर दबाबमा राखेको भारतले पहिलो हाफमा नै ४ गोल गरेर जितको संकेत दिएका थिए ।
भारतसँग ६ गोलको फराकिलो हारपछि श्रीलंकन टोलीले रक्षात्मक पंक्तिमा कमजोरी भएको स्वीकारेको छ । ‘नेपालसँगको खेलमा हाम्रो प्रस्तुति उत्कृष्ट थियो,’ श्रीलंका महिला फुटबल टोलीकी रोहन ठिलक अल्फान्सुले भनिन्, ‘तर आजको खेलमा हाम्रा खेलाडी पनि घाइते थिए । गोल रक्षक परिवर्तन गर्नुप¥यो ।’ उनले भारत समूहकै राम्रो देश भएकाले पनि जित्न कठिन भएको बताइन् ।
अल्फान्सुले भारतभन्दा श्रीलंका राम्रो खेलेको दाबीसमेत गरेकी छिन् । उनले भनिन्, ‘भारत आफैंमा राम्रो टिम हो । तर, हाम्रा खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरे । खेलाडी घाइते नभएको भए खेलमा सुधार गर्न सक्थ्यौं ।’
भारतीय टिम प्रशिक्षक म्यामल रक्कीले आफ्ना खेलाडीको खेलबाट सन्तुष्ट रहेको बताएकी छिन् । ‘आजको खेलमा खेलाडीले निक्कै राम्रो प्रदर्शन गरे । सोचेकै रणनीतिअनुसार खेल भयो,’ उनले भनिन्, ‘अब नेपालसँग खेल्न पनि हामी तयार छौं ।
भारतले अब मंसिर २१ गते आयोजक नेपालसंग खेल्नेछ ।
राउण्ड रोबिन लिग प्रणाली अन्र्तगत खेलाईएको प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
ब्याडमिन्टनमा नेपालको आशा सकियो
पोखरा, तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा भएका व्याडमिण्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सिमित भएको छ ।
पोखराको व्याडमिण्टन कोर्टमा विहीवार भएको खेलमा सेमीफाईनलमा पुगेका नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गर्दै सिंगल डबल्स र मिक्स डबल्स तर्फका सबै स्पर्धा गुमाउँदै सेमीफाइनलबाटै बाहिरिएपछि नेपाल कास्यमा सिमित भएको हो । यसअघी नेपालले सोमबार भएको खेलमा नेपालले टिम इभेन्टमापनि २ वटा काश्यपदक जितेको थियो ।
विहीवारको सेमीफाईनलमा पुरुष सिंगल तर्फ नेपालका रत्नजित तामाङ् भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उनी टण्डनसँग २१–१८, १४–२१ र २१–१८ को सेटमा पराजित भएका हुन् ।
पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलंकाका डायस अंगोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ को सोझो सेटमा पराजित हुँदै सेमिफाईनलबाटै बाहिरिए ।
मिक्स डबल्स तर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३ को सोझो सेटमा पराजित भएपनि काश्यमा सिमित भए ।
महिला सिंगलतर्फ भारतका अस्मिता चलिदाले श्रीलंकाकी अचिनी निमेसिका रत्नासिरिलाई २१–५ र २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधी नजिक पुगिन् । सोही ईभेण्टमा भारतकी गायत्री गोपिचन्दले श्रीलंकाकी दिल्मी डायसलाई २१–१७ र २१–१४ को सेटमा पन्छाउँदै फाईनल यात्रा सुरक्षित गरिन् ।
महिला डबल्स तर्फ श्रीलंकाकी टी प्रमोदिका र के सिरिमांगेको जोडीले भारतका मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले श्रीलंकाका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ को सोझो सेटमा पराजित गर्दै फाईनल भीडन्त पक्का गरे ।
पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ को सोझो सेटमा पराजित गरेको छ ।
मिक्स डबल्स तर्फ श्रीलंकाका डायस अंगोडा र टी प्रमोदिकाको जोडीले वंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय ग¥यो ।
सोही ईभेण्टको अर्को खेलमा श्रीलंकाका रत्नासिरि कपुरु र यू को जोडीले भारतका कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पराजित ग¥यो ।
साग महिला ह्याण्डबल, नेपाल सेमिफाइनलमा
१३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बीमा रहेको नेपालले लगातार २ खेल जित्दै नेपाल सेमिफाइनलमा प्रबेश गरेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ ले गोल गर्दै जित हात पा¥यो । नेपालको लागि उमा राईले सर्वाधिक ८ गोलको योगदान दिइन् । जसमध्ये उमाले ७ गोल पेनाल्टीबाट गोल गरेकी हुन् ।
नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २९–१९ ले जित हात पारेको थियो ।
पुरुष ह्याण्डबलमा नेपाल बाहिरियो
साग अन्तरर्गतको पुरुष ह्याण्डबलमा नेपाल बाहिरिएको छ । लिग चरणमा लगातार दुई खेल हारेपछि नेपाल बाहिरिएको हो । दोस्रो खेलमा पाकिस्तानसंग ४३–१९ गोलले पराजित बनेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि, नेपालले पहिलो खेलमा श्रीलंकासग गुमाएको थियो । समूह बी मा पाकिस्तानले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । पाकिस्तानले शुक्रबार श्रीलंकासग खेल्नेछ । मोहम्मद जुबेरले पाकिस्तानका लागि सर्वाधिक १० गोल गरे । नेपालका कप्तान बिशाल बस्नेतले टोलीका लागि सर्वाधिक ५ गोल गरे ।
ह्याडबलमा पाकिस्तानको जित
पोखरामा जारी साग महिला ह्याडबलमा २७ का विरुद्ध ३२ गोल गदै मालदिभ्समाथि पाकस्तिानले जित हासिल गरेको छ । पाकिस्तानले ३ अंक जोडेको छ । माल्दिभ्स भने लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिएको छ । यसअघि, माल्दिभ्सले भारतसँग हारेको थियो ।
पाकिस्तानको जितको लागि निजिसाले ८ गोल, खेलाइडियाले ७ गोल, नुसाटीले ५ गोल सिनिशाले ४ गोल, पमिलाले ३ गोल, अस्मा र निमराले २÷२ गोल र सपियाले १ गोल गरेकी हुन ।
माल्दिभ्सको तर्फबाट अडिमा र रिमाले ६÷६ गोल, आर्साले ५ गोल, लबिहिमले र अमिडीले ३÷३ गोल सिफाृले २ गोल, अमिरा र हेस्नाले १ गोल गरेका हुन ।
पुरुष ह्याण्डबलमा बंगलादेशको जित
साग खेलकुद अन्तरगतको पुरुष ह्याण्डबलमा बंगलादेशले जित निकालेको छ । पहिलो खेलमा भारतसग हारेको बंगलादेशले माल्दिभ्समाथि ३८–२२ ले जित्दै ३ अंक बटुलेको छ । समूह ए बाट भारत र बंगलादेशले समान ३ अंक जोडेको छ । शुक्रबार समूहको अन्तिम खेल माल्दिभ्स र भारतबीच हुनेछ । बंगलादेशका लागि मेहेदी हसनले सर्वाधिक ७ गोल गरे । माल्दिभ्सका लागि मोहम्मद रेजुनी अहमदले सर्वाधिक ६ गोल गरे ।
