खेलाडीलाई पोशाक वितरण सुरु

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने खेलमा सहभागी खेलाडीलाई शनिबारदेखि पोशाक वितरण सुरु भएको छ ।

१३ औं साग सामाग्री उपकरण तथा पोशाक व्यवस्थापन समितिले ब्याडमिन्टन खेलाडीलाई हस्तान्तरण गरेर पोशाक वितरण सुरु गरेको हो ।

पहिलो चरणमा ब्याडमिन्टन खेलाडीलाई पोशाक वितरण गरिएको समिति संयोजक सम्पन्न श्रेष्ठले जानकारी दिए । १० जना पुरुष, १० महिला भलिबल खेलाडी, ६ जना प्रशिक्षक र २ जना अफिसियल गरी २८ जनालाई पोशाक वितरण गरिएको उनले बताए । ‘बाँकी खेलका पनि पोशाक आउँदैछन् । सबैले पोशाकलाई क्रमैसँग पोशाक वितरण गर्छौं,’ उनले भने ।

ब्याडमिन्टन खेल आइतबारदेखि पोखरा ब्याडमिन्टन कभर्डहलमा सुरु हुँदैछ । प्रतियोगिता मंसिर १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ । टिम इभेन्टतर्फ मंसिर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन् भने मंसिर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन् ।

व्यक्तिगत इभेन्टतर्फ मंसिर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुनेछन् । १८ गते महिला तथा पुरुष सिंगल र डबल्सको क्वाटरफाइनल खेल हुनेछ । १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुनेछन् । २० गते सबै इभेन्टका फाइनल खेल हुनेछन् ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close