
पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को पुर्व सन्ध्यामा ओलम्पिक टर्च पोखरा आईपुगेको छ ।
काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च शुक्रवार पोखरा ल्याईएको हो । टर्चलाई ओलम्पिन सहित खेलाडीहरुले पोखरा रंगशालावाट नगर परिक्रमा गराएका थिए ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले ओलम्पिक टर्च प्रज्वलन गरी ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्रा्िष्ट्रय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरि शुरु भएको र्यालीले पोखराको विभिन्न भागको परिक्रमा गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्याली आयोजना गरिएको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पु¥याउने क्रममा पोखरा आएका हुन ।
मंसीर १५ गते देखि सुरु हुने सागको ओलम्पिक टर्च ¥यालीमा नेपालका चर्चित ओलम्पियन टिकाराम श्रेष्ठ, जित बहादुृर के.सी, मुकुन्द हरी श्रेष्ठ, ज्ञान बहादुर वोहरा, कान्छी माया कोजु र राज कुमारी पाण्डे सहभागी भएका थिए ।
र्यालीमा सागका डेपुटी सेभ द मिसन समेत रहेका नेपाल ओलम्पीक कमिटिका उपाध्यक्ष तेजवहादुर गुरुङ, राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, १३ औं साग स्थानिय सहजिकरण समितीका सदस्य मोहन रेग्मी, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी लगायत खेल संघका पदाधिकारी, कर्मचारी एंव खेलाडीहरुको सहभागीता रहेको थियो ।
देशका सातै प्रदेशमा पुर्याईएको ओलमिपक टर्च मंसीर १५ गते काठमाडौँ पुरयाईने छ ।
