साग सम्पर्क अधिकारी (लियाजन) प्रशिक्षण सम्पन्न

पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागी हुन आउने विदशी खेलाडी तथा अतिथिको सहजताको लागि राखिने सम्पर्क अधिकारी (लियाजन) हरुको प्रशिक्षण सम्पन्न भएको छ ।

१३ औँ सागको लागि पोखरा आउने खेलाडी तथा विशिष्ट पाहँुनालाई पोखराको बारेमा जानकारी दिन तथा खेल अवधिभर सहज वातावरण निमार्ण गर्न लियाजन कमिटिले ५० जना लियाजन खटाउने भएको हो । लियाजनमा सहभागीहरुलाई ५ दिनको प्रशिक्षण दिएको थियो भने लियाजन कमिटिले थप ११ जनालाई वैकल्पिक रुपमा राख्ने गरी कुल ६१ जनालाई प्रशिक्षण दिएको हो । लियाजनका लागि विभिन्न कलेज र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु रहेका छन ।

८ गते देखि १२ गते सम्म दिइएको प्रशिक्षणमा हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, पुर्व पर्यटन वोर्ड सदस्य वाशु त्रिपाठी, बसोवास उपसमितिका संयोजक सुर्य भुजेल, यातायात उपसमिति संयोजक तोरण बानियाँ र सुरक्षा व्यवस्था उपसमिति संयोजक डा. पदम खड्का लगायतले प्रशिक्षण दिएको उक्त उपसमितिका संयोजक जगन गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close