
पोखरा १२ मंसीर । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को लागि पोखराको १४ स्थानबाट टिकट खरिद गर्न सकिने भएको छ ।
पोखरामा हुने ८ खेलको सोनिक टुुर्स एण्ड ट्राभल्स जिरो कि.मी, जिरो पोइन्ट टुर्स एण्ठ ट्राभल्स पृथ्वीचोक, सुमन कम्युनिकेशन बगर, मनकामनमा इलेक्ट्रीकल्स महेन्द्रपुल, मेट्रीक इन्टरप्राइजेज सभागृहचोक, नोभल इन्टरनेशनल ट्राभल्सस राष्ट्रबैंकचोक, कुँवर हाडवर्यस हरीचोक, ग्रिन सिङ्गनल टुर्स एण्ड ट्राभल्स अमरसिंहचोक, बि एण्ड बि रेष्टुरेन्ट स्याङजा, एन्फो म्याक्स कम्प्युटर प्रा.ली तालचोक, इशान एजुकेशन विरौटा रहेका छन
यसै गरि ब्लु स्काई ट्रामल्स बाराहीचोक, कोइराला ट्रेड हाउस प्रस्याङ, बानियाँ किराना पसल लामाचौर, पोखरा रंगशाला गेट, एस.आर के.सी क्याटरिङ र बिच भलिबल खेल मैदान लेकसाइडमा टिकट स्थल तोकिएको स्रोत साधन परिचालन समिति संयोजक संजिव बहादुर कोइरालाले जानकारी दिए । सागका खेल हेर्नको लागि प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । भने सिजनल तर्फ ५ सय रुपैँया दर तोकिएको छ ।
साग हेर्ने दर्शकको सहजताको लागि पोखराको विभिन्न स्थानमा टिकट स्थल राखिएको हो । खेल हेर्नको लागि दर्शकले अग्रिम टिकट वुकिङ सेमत गर्न सक्ने छन ।
पोखरामा महिला फुटबल, महिला क्रिकेट, विच भलिबल, भारोत्तोलन, ह्याण्बल, आर्चरी, ट्राइयाथोलन र व्याडमिन्टनका खेल हुने छन । खेल मंसीर १५ गते देखि २४ गते सम्म हुने छ ।
