पोखराको स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स् क्लिनिक’

पोखरा, पोखराको गणेशटोल स्थित स्पोर्टस् क्यासलमा एक दिने ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको छ ।

क्यासलको आयोजनामा ८ देखी १४ वर्ष उमेर समुहका प्रशिक्षार्थीहरुको सहभागितामा आज ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको हो ।

सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल घुम्न आएका अमेरिकी पुर्व फुटबल खेलाडी (‘ए’ लाईसेन्स प्राप्त) जोन वेल्चले प्रशिक्षण दिए । ‘ए’ लाईसेन्स प्राप्त उनले ५० बढि प्रशिक्षार्थीहरुलाई ४ समुहमा विभाजन गरी स्किल्स् र टेक्निक बढाउने उपाय सिकाए ।

प्रशिक्षणको समयमा बोल्दै उनले छोटो समयमा पनि धेरै टेक्नीक र स्किल्स बृद्धि गर्न सक्ने भएकाले फुटसल ‘स्किल्स क्लिनि’को महत्व रहेको बताए ।

उनले नेपाली फुटबल अवस्थाको बारमा बुझ्न र नेपाल आएर आफुले जानेका केही कुरा सिकाउन पाउदा खुशी व्यक्त गरे ।

त्यस्तै क्यासलका सञ्चालक ईश्वर गुरुङले उक्त क्लिनिक सिक्नको लागि यथेष्ट नभएपनि फुटबलमा ईच्छुक प्रशिक्षार्थीहरुको टेक्निकमा बृद्धि गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गरे ।

उनले क्यासलमा खेलसँग सम्बन्धित कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गरेको बताउदै आगामी दिनमा समेत रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने बताए ।

उक्त क्लिनिकमा विदेशी प्रशिक्षक जोन सहित नेपाली फुटसल टिमका हेड कोच बिष्णु गुरुङ, सुदिप बिक, पारु मगर लगायतले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close