
पोखरा । नेपालमा नेपाल ओलम्पिक कमिटीको आयोजनामा विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय ओलम्पिक दिवश मनाइएको छ ।
विश्वभर कोभिड १९ सक्रमणको कहर जारि रहेकै बेला नेपालमा सिमित व्यक्तिको उपस्थितीमा दिवश मनाइएको नेपाल ओलम्पिक कमिटीका महासचिब निलेन्द्रराज श्रेष्ठले बताएका छन । उनले भने–“खेलकुदका सबै गतिविधी ठप्प छन, नेपाल सरकारले गरेको निर्देशन अनुसार सिमित व्यक्तिको उपस्थितीमा कार्यक्रम गरेका हौं ।”

अन्तर्राष्ट्रिय ओलम्पिक दिवशका अवसरमा अध्यक्ष श्रेष्ठले एक शुभकामना व्यक्तव्य समेत प्रेषित गर्दे अहिलेको जटिल अवस्थाबाट चाँडैनै मुक्त हुने विश्वास व्यक्त गरेका छन । विश्वभरका कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले विश्व स्वास्थ्य संगठनले भने जस्तौ कोरोना संग डराएर होइन जिवनको एउटा पाटोको रुपमा स्विकार गरेर अगाडी बढ्नु पर्ने उल्लेख गरेका छन । उनले अहिलेको सन्दर्भमा ओलम्पिकको मुल्य मान्यताहरुको महत्व बढेको जनाएका छन ।
ओलम्पिक दिवशकै अवसरमा स्पोर्टस फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधी सभाका सांसद श्रेष्ठले राष्ट्रिय झण्डा र महासचिब श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोत्तलन गरेका थिए भने ओलम्पिक कमिटीको परिशरमा रुद्राक्षको विरुवा रोपिएको थियो । कार्यक्रममा युवा तथा खेलकुद मन्ञचलयका सचिब राम प्रसाद थपलिया, स्पोर्टस फर अल कमिसनका संयोजक विष्णु कुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवाल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
यसै गरि ओलम्पिक कमिटीले भर्चुअल माध्यम बाट खेलकुद लगाएत समाजका विभिन्न अङ्गहरु संग शुभकामना आदान प्रदान समेत गरेको थियो । स्मरणिय के छ भने जुन २३ बाट आधुनिक खेलको सुरुवात भएकोले आजको दिनलाई अन्तर्राष्ट्रिय ओलम्पिक दिवशका रुपमा मनाइँदै आइएको छ ।
