
पोखरा, नेपालमा आयोजना यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) र नेपाल भ्रमण वर्ष २०२० लाई मध्येनजर गर्दै पृथ्बीराजमार्ग सरसफाई अभियान शुरु गरिएको छ ।

तनहुँ जिल्ला पृथ्बीराजमार्ग अन्तरगत पर्ने आँवुखैरेनी गाउँपालिका, बन्दिपुर गाँउपालिका, भानु नगर पालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपािलकाहरुमा सरसफाई गरिएको बन्दिपुर गाँउ पालिकाका अध्यक्ष पूर्ण सिंह थापाले जानकारी दिएका छन । सरसफाई अन्तरगत राजमार्गको दायाँ बायाँ र अन्य प्रमुख स्थलहरुमा सरसफाई गरिएको थियो ।

शुक्रबार बिहान ७ः३० बाट शुरु भएको सरसफाई अभियान बिहान १० बजे सम्म गरिएको अध्यक्ष थापाले बताए । उनले भने–‘हाम्रो पालिका अन्तरगत पर्ने राजमार्गमा स्थानिय जनताहरुको साथ र सहयोगमा व्यापक सरसफाई गरेका छौं’ उनले थपे–‘हामीले सडकमा गुडीरहेका बसका यात्रुहरुलाई समेत अभियानमा साथ दिन अनुरोध गरेका थियौं, सबै यात्रुको राम्रो साथ पायौं ।’

१३औं साग अन्तरगत गण्डकी प्रदेशको राजधानी पोखरामा समेत हुने भएकोले सबैका लागि गौरबको विषय भएकोले बताउँदै अध्यक्ष थापाले सागका विशिष्ट पाहुन, खेलाडीहरु पृथ्बीराजमार्ग हुँदे आउने भएकोले यो अभियानले स्थानियहरुमा सागको समेत राम्रो प्रचार भएको उनको भनाई थियो ।
