सागको तयारी अन्तिम चरणमा पुगेको छ : यूवा तथा खेलकुद मन्त्री विश्वकर्मा

पोखरा, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सागको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । साग सम्पन्न गर्र्न बनेको व्यवस्थापन समिति र उपसमितिहरु खेल सम्पन्न गर्न केन्द्रीत भएर लागि परेको मन्त्री विश्वकर्माले बताए ।

भौतिक पूर्वाधारको साथै तयारीको लागि कुनैपनि काम बाँकी नराखेको उनको भनाई थियो । केही पूर्वाधारहरु तयारी अवस्थामा रहेको जनाउँदै मन्त्री विश्वकर्माले बाँकी रहेको सबै पूर्वाधारहरु अबको १० दिनभित्र पूरा हुने दाबी गरे ।

काठमाण्डौंको दशरथ रंगशाला, ललितपुर सातदोबाटो, पोखरा र जनकपुरमा हुने सागको पुर्वाधार समयमै बन्ने मन्त्री विश्वकर्माको तर्क छ । उनले वर्तमान सरकारले साग आयोजनाका लागि जोखिम मोलेको बताए । वर्र्तमान सरकार बनेको डेढ वर्षभित्रमा खेलकुदका सबै पूर्वाधार निर्माण गरेको उनको भनाई थियो ।

मन्त्री विश्वकर्माले काठमाण्डौंमा हुने १९, पोखरामा हुने ९ र जनकपुरमा हुने १ खेलका सबै पूर्वाधारहरु निर्माणका हिसावले नरोकिने बताए । पोखराको खेल पूर्वाधार निर्माण कार्यपनि तिब्र रुपमा अघि बढेको उल्लेख गरे ।

पत्रकारद्वारा सोधेको एक प्रश्नमा मन्त्री विश्वकर्माले साग अन्तरगतको महिला फुटबल पोखरामै हुने मन्त्री विश्वकर्माले उल्लेख गरे । उनले पोखरा रंगशाला फुटबल मैदान निर्माण कम्पनीले निर्माण कार्यलाई सकारात्मक ढंगले तिब्रता दिएको बताए ।

उनले पूर्वाधार निर्माणमा बजेटको कुनै कमी नभएको बताए । बजेट भन्दा बाहिरको योजनाहरुलाई कार्यान्वयन गर्दा नीति नियमका कारण बजेट अपुग नपुग भएकोे भने मन्त्री विश्वकर्माले स्वीकारे ।

साग खेलकुद प्रचार–प्रसार समिती पोखराका सह संयोजक रन्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार–प्रसार समितीका सदस्य दिननाथ बरालले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close