कस्केरीलाई दोस्रो बिनोद स्मृति भेट्रान्स फुटसलको उपाधि

पोखरा, दीप युनाईटेड क्लबले आयोजना गरेकोे दोस्रो बिनोद कुमार घले स्मृति भेट्रान्स (३६ माथी) फुटसल प्रतियोगिताको उपाधि रत्न समाज क्लब, कस्केरीले जितेको छ ।

पोखरा–३ अधिकारी टोल स्थित टुटिसल फुटसलमा शनिबार सम्पन्न फाईनल खेलमा आयोजक टिम (दीप युनाईटेड) लाई पराजित गर्दै कस्केरीले उपाधि जितेको हो ।

फाईनल खेलमा २–२ गोलको बराबरी भएपछि ट्राईबेकरमा कस्केरीले ३–२ को गोल अन्तरले आयोजक टिम ‘ए’ लाई पराजित गर्याे ।

प्रतियोगिताको उपाधिसँगै कस्केरीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार प्राप्त गर्याे । त्यस्तै उपाबिजेता बनेको आयोजक टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५१ हजारमा चित्त बुझायो ।

प्रतियोगिताबाट सर्बाेत्कष्ट खेलाडीको रुपमा कस्केरीका राकेश सापकोटा पुरस्कृत भए । त्यस्तै उत्कृष्ट गोलरक्षकको रुपमा सोही क्लबकै बुद्धि तामाङ, उत्कृष्ट डिफेण्डरको रुपमा आयोजक टिमका प्रताप शाही र सर्बाधिक गोलकर्ताको रुपमा सोही क्लबकै कृष्ण शाक्य घोषित हुदै जनही २/२ हजारको हकदार बने ।

कुल ११ टिमको सहभािगता रहेको उक्त प्रतियोगिताबाट बिजेता तथा उपबिजेता बनेको दुबै टिमका खेलाडिहरुलाई राष्ट्रिय फुटबल टिमका पूर्व टिम कप्तान बिराज महर्जन, एन्फा कास्कीका वरिष्ठ उपाध्यक्ष ईश्वर गुरुङ ‘चन्द्र’, रोशन गुरुङ, प्रकाश गुरुङ, प्रदिप गुरुङ, तथा आयोजक संस्थाका ठम छन्त्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close