एससिसी संग मुख्य मन्त्रि–११ र पोखरा–११ टिममा कुन–कुन खेलाडी खेल्दै

पोखरा, क्रिकेटको जननी मानिने भूमी इङ्गल्याण्डको सबैभन्दा पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) पोखरामा दुई वटा छुट्टा–छुट्टै मैत्रीपूर्ण टि–२० म्याच खेल्न यहि कार्तिक २४ गते पोखरा आउँदैछ । एमसिसी चार वर्ष पछि पोखरा आउन लागेको हो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा कार्तिक २५ र २६ गते हुने खेलमा कार्तिक २५ गते पहिलो खेलमा पोखरा–११ ले एमसिसीको सामना गर्नेछ । कास्की जिल्ला क्रिकेट संघले पोखरा–११का लागि १४ जनाको नाम घोषणा गरेको छ । घोषित नाम अनुसार पोखरा–११ टिमको कप्तानी बिधान श्रेष्ठले सम्हानेछन । त्यसै गरि खेलाडीमा दिपेश खत्री, गोबिन्द प्रधान अनिलगुरुङ, बिपिन खत्री,अमृत गुरुङ, सुभाष भण्डारी,ऋषिकेश शर्मा,अस्विनी राना मगर,मुस्कान थापा,किरणपौडेल, प्रेम गुरुङ, अभिषेक अधिकारी र सिबृन श्रेष्ठ रहेका छन । पोखरा ११ टिमको प्रशिक्षकमा रिजन प्रजु र टिम म्यानेजरमा दुर्गा चन्द रहेका छन । पोखरा ११ संगको खेल दिउसो १ बजे हुनेछ ।

मुख्यमन्त्रि ११ को टिममा गण्डकी प्रदेशका खेलाडीलाई समेटिएको छ । जस अनुसार टिमको कप्तानी कास्कीका गोविन्द प्रधान सम्हानेछन । त्यसै गरि अन्य खेलाडीमा दिपेश खत्री (कास्की), अनिल गुरुङ (कास्की), बिपिन खत्री (कास्की), अमृत गुरुङ (कास्की), सुभाष भण्डारी (कास्की), दिपेश श्रेष्ठ (नबलपुर), किशोर महतो (नबलपुर), मुस्कान थापा (कास्की), चन्द्रकान्त पौडेल (तनहुँ), प्रबिन ढकाल (स्याङ्जा), रमेश बस्नेत (बाग्लुङ), बिशाल (नबलपुर) रहेका छन । त्यसै गरि  टिम म्यानेजरमा चन्द्रकुमार गुरुङ र प्रशिक्षकमा रिजन प्रजू रहेका छन ।

मुख्यमन्त्रि ११ र एमसिसी बिचको खेल मंगलबार बिहान ९ बजे सुरुहुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close