छैटौं खेप दुबो पोखरा रंगशालामा, ‘ग्राण्ड स्टाण्ड’का सामान २५ गते पोखरा आइपुग्ने

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तयार भइरहेको पोखरा रंगशालको फुटबल मैदानका लागि छैटौ खेप दुबो भारतको कलकत्ता बाट शुक्रबार पोखरा आइपुगकेको छ ।

मैदानलाई हरियाली र प्राकृतिक स्वरुप दिन सागका लागि निर्माण कम्पनी भारतको ग्रेट स्पोर्टस इन्फ्रास्ट्रक्चर र नेपालको एमए कन्सट्रक्शनले दुबो आयात गरेको हो । मैदानका लागि करिब ९० हजार स्क्वायर फिट दुबो आवश्यक भए पनि यो समेत गरि १ लाख ५ हजार स्क्वायर फिट दुबो भारत बाट आयात गरिसकिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बरालले बताएका छन ।

पटक–पटक गरि ल्याइएको दुबो भने जस्तै गरि नपलाएको र विच विचमा विर्गन थालेकोले त्यसालई थप गर्न २३ हजार स्क्वायर फिट भन्दा बढी दुवो ल्याउन परेको प्रोजेक्ट म्यानेजर बरालले बताए । दुबोको स्याहार सुसार गर्न दुबो आयात कम्पनीका चार जना क्यूरेटरहरु समेत पोखरामानै बसेर काम गरिरहेको उनले बताए ।

साग अन्तरगत हुने महिला फुटबल मंसिर १७ गते बाट सुरू हुने भएकोले निर्माण कम्पनीलाई समेत थप चुनौती थपिएको छ । शुक्रबार आयात गरिएको २ हजार ५ सय स्क्वायर फिट दुबोले अझै नपुग्ने प्रोजेक्ट म्यानेजर बरालले बताए । भारत बाट आयोत गर्दा ट्रकमा ल्याइएको दुबो विच बाटोमानै विग्रे पछि समस्या आएको बरालले बताए । ‘आज आएको दुबोले हामीले मैदानमा लगाएसक्यौं तर केही कारणबस बाटोमा ल्याउँदा विग्रेको दुबो नपलाउन सक्छ’ उनले भने–‘यसका लागि थप दुबो आयात गर्ने तयारीमा छौं ।’

यसै गरि दर्शक दिर्घा बस्ने ग्राण्ड स्टाण्डका सामानको पहिलो खेप कार्तिक २३ गते भारतको बिशाखापट्नम बन्दरागह बाट विरगंज भन्सारमा आइपुग्ने प्रोजेक्ट म्यानेजर बरालले जानकारी दिएका छन । फ्रान्स बाट आयात गरिएका ति सामाग्री पोखरा २५ गते सम्म आइपुग्ने छन । प्रोजेक्ट म्यानेजर बरालका अनुसार पहिलो खेप आउने सामाग्री फिटिङ गर्न ५–६ दिन लाग्ने बताए । उनले भने–‘पहिलो खेपका सामानले हामीलाई काम सक्न ५–६ दिन लाग्छ त्यसको हामी सम्पूर्ण तयारी गरेका छौं’ उनले थपे–‘दोश्रो खेपको सामान आउने सम्म हामी पहिलो भिआइपी ग्यालेरी तयारी गरिसक्नेछौंं ।’
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close