एमसीसी विरुद्ध खेल्न मुख्य मन्त्री–११ र कास्की–११ तयार

पोखरा, क्रिकेटको जननी मानिने बेलायतको सबै भन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्न मुख्य मन्त्रि–११ र कास्की–११ को टिमले यति बेला पोखरा रंगशालामा कठिन परिश्रम गरिरहेको छ ।

एमसीसी क्लब  दुई बटा अलग–अलग टि–२० म्याच खेल्न यहि कार्तिक २४ गते आइतबार पोखरा आउँदैछ । मुख्य मन्त्रि ११ को टिममा प्रदेश स्तरिय खेलाडी सहभागी छन भने कास्की–११ मा कास्कीका खेलाडी सम्मिलित छन । दुबै टिमलाई प्रशिक्षक रिजन प्रजुले एक महिना अघि देखि प्रशिक्षण गराइरहेका छन ।

यहि कार्तिक २५ र २६ गते पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा आयोजना हुने एमसीसी विरुद्धको खेलले सन २०१५ अर्थात आज भन्दा चार वर्ष अघिको सम्झना दिने प्रशिक्षक प्रजुले बताए । ‘त्यती बेला हामीले एमसीसी विरुद्ध एक दिवशिय खेल खेलेका थियौं’ उनी भन्छन–‘जसमा हामी बिजयी भएका थियौं ।’ पोखराको क्रिकेट बामे सरिरहेको बेलाको त्यो जित अहिले पनि सपना जस्तै लाग्ने बताउँदै यो पटक पनि त्यही नतिजा निकाल्न टिमको तयारी भइरहेको बताउँछन ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने ति दुई खेलहरुले यस क्षेत्रको समग्र क्रिकेट खेल बिकासका लागि महत्वपूर्ण रहने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको भनाई छ । ‘हामी यति बेला १३ औं साग अन्तरगत महिला क्रिकेटको तयारीमा छौं’ उनी भन्छन–‘एमसीसीको यो भ्रमणले पक्कै पनि पोखराको क्रिकेट माथी उठेको छ भन्ने सन्देश विश्वभरी फैलिनेछ ।’

चार वर्ष अघि पोखरा ११ ले एमसिसीलाई जितेको क्षण अझै पनि कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’ संग ताजै छ । उनले त्यो बेला खेलेको तस्बिर देखाउँदै भने–‘हामीले एमसीसीलाई जित्नु ठूलो कुरा थियो तर त्यती बेला हाम्रो जित पोखरा भित्रै सिमित भयो कुनै अबसर पाएनौ ।’ उनले त्यती बेला ८ ओभरमा २ बिकेट लिएका थिए । टिममा यती बेला यू–१६ का खेलाडीहरु पनि भएकोले उनीहरुले अबसर पाउने उनको भनाई छ ।

कास्की ११ र मुख्यमन्त्रि ११ को टिम बाट नेपाली राष्ट्रिय टोलीका किशोर महतो, दिपेश श्रेष्ठ जस्ता अलराउण्डर खेलाडी समावेश रहेका छन । यसै गरि एमसीसी विरुद्ध चार वर्ष अघि ७५ रनको यागदान दिने अनिल गुरुङमा समेत टिममा समावेश हुनेछन भने विपिन खत्री समेत टिममा रहने प्रशिक्षक प्रजुले बताए ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close