
पोखरा, ओलोम्पिक काउन्सिल अफ एसिया (ओसिए) को बैठकमा सहभागि हुन नेपाल ओलोम्पिक कमिटीका महासचिब निलेन्द्रराज श्रेष्ठ आज बैंकक तर्फ प्रस्थान गरेका छन ।
सोमबार बाट सुरू हुने ओसिएका सांस्कृतिक कमिटीका सदस्य समेत रहेका महसचिब श्रेष्ठले उक्त कमिटीको बैठकमा समेत सहभागिता जनाउने छन । त्यसै गरि ओसिएको दुई दिन सम्म चल्ने एसिया रिजनको बैठकमा सहभागिता जनाउने महासचिब श्रेष्ठले बताए ।
ओसिएको एसिया रिजनको बैठकमा जापानमा आयोजना हुने २०२० ओलोम्पिक तयारीका बारेमा एसियाली मुलक हरुले गर्ने आ–आफ्ना तयारीका बारेमा प्रस्तुती संगै छलफल समेत हुनेछ । बैठकमा सहभागिता जनाउन एनओसीका एनओसीका कार्यालय प्रमुख सुजनलाल श्रेष्ठ समेत त्यस तर्फ प्रस्थान गरेका छन । महासचिब श्रेष्ठ विहिबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
