
पोखरा, अष्ट्रेलियाको भ्रमणमा रहेका कास्की जिल्ला समन्वय समितीका सदस्य तोरण बहादुर बानियाले पोखरामा हुने टुर दि पोखराको प्रचार गरेका छन ।
सिडनी स्थित क्रिकेट स्टेडियममा पाकिस्तान र अष्ट्रेलियाको विच टि–२० खेल भईरहेको बेला बानियाले टुर दि पोखराको व्यानर लिएर प्रचार गरेका थिए ।

धेरै अष्ट्रेलियन नागरिकहरु साइकल खेलप्रेमी भएका कारण टुर दि पोखराको माध्यम बाट पोखरामा पर्यटक भित्रायाउन प्रचार गरेको बानियाले बताए । पारिवारिक भेटघाटका क्रममा सिडनीमा रहेका बानियाले नेपाल भ्रमण वर्ष २०२० संगै टुर दि पोखराको प्रचार गरेको जानकारी दिए ।
