मिसन सागः ह्याण्डबलको राष्ट्रिय टिम हाई अल्टिच्यूड ट्रेनिङ गर्न म्याग्दीमा

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागि हुने नेपाली राष्ट्रिय टोलीले म्याग्दीको टोर्केमा हाई अल्टिच्यूड ट्रेनिङ गर्ने भएको छ । सागमा सहभागि हुने नेपाली राष्ट्रिय टिमका महिला तथा पुरुषका खेलाडीहरुको टोलीलाई ४ दिनको लागि म्याग्दीको टोर्केमा हाई हल्टिच्यूट ट्रेनिङ हुने भएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

पोखरामा बन्द प्रशिक्षणमा रहेको उक्त टोली विहिबार पोखरा देखि पर्वत हुदै म्याग्दी प्रस्थान गरेको हो । उक्त टोलीलाई ७५ प्रतिशत मानसिक रुपमा मनोविज्ञान सम्बन्धि र २५ प्रतिशत शारीरिक रुपमा प्रशिक्षण गराउने भएको अध्यक्ष गुरुङले जनाए ।

महिला र पुरुषतर्फ १६÷१६ जना खेलाडी, प्रशिक्षक, व्याबस्थापक, अध्यक्ष गुरुङ सहितको ४२ जनाको टोली म्याग्दी सिंगाको तातोपानी हुदै टोर्केमा प्रशिक्षण गर्ने म्याग्दी प्रस्थान गरेको हो । नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जिवन बस्नेत, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ प्mलोरेन्सियो, बरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, प्रशिक्षक कृष्ण शाक्य लगायतका टोलीमा सहभागि भएका हुन् ।

खेलाडीहरुको टोलीलाई भिजनरी इन्टरनेश्नलका प्रमुख कार्यकारी अधिकृत एवं मनोविज्ञ इन्द्र बहादुर गुरुङले मनोविज्ञान सम्वन्धि प्रशिक्षण गराउने भएकाछन्। उनको साथमा क्लिनिकल साइकोलोजीष्ट राजेश्वरी श्रेष्ठ (गुरुङ) ले समेत खेलाडीहरुको मानसिक रुपमा मजबुद पार्न प्रशिक्षण गराउने भएकी हुन् ।

खेलाडीहरुको लागि शारीरिक रुपसंगै मानसिक रुपमा तयारी हुन अति नै आवश्यक भएको मनोविज्ञ इन्द्र बहादुर गुरुङले बताए । नेपाली धेरै खेलाडीहरुमा आफुमा रहेको मानसिक तनावलाई व्यबस्थापन गर्ने कलाको अभाव भएको उनले जनाए । खेलाडीसंगै अन्य मानिसहरुमा समेत तनाव हटाउने कला आवश्यक भएको मनोविज्ञ गुरुङले जनाए ।

आउँदो मंसिर १५ देखि २४ गते सम्म पोखरामा १३ औं साग अन्तरगत ह्याण्डबल महिला र पुरुष सहित ९ वटा खेलहरु हुने भएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close