
पोखरा, सहारा क्लब पोखराले दिपाबली तथा तिहारका अबसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रम तिन दिन पछि सम्पन्न गरेको छ ।
सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीको संचलानर्थ सहारा क्लबले हरेका वर्ष दिपाबली तथा तिहारका अबसरमा संस्कृतिक पर्व समेत मानिने देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ । सोही कार्यक्रम अन्तरगत यस वर्ष समेत देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष केशब बहादुर थापाले बताए ।

देउसी भैलो कार्यक्रमा उठेको सम्पूर्ण रकम सहारा एकेडेमीमा आश्रित कठिन परिस्थितीका २५ जना बालकहरुका भरणपोषण र शिक्षाका लागि खर्च गरिने अध्यक्ष थापाले बताए । ‘क्लबको स्थापनाकाल देखिनै यसरीनै भैलो खेल्दै संकलित रकम बाट पोखराको सामाजिक र खेलकुद क्षेत्रमा खर्च गर्दै आएका छौं’ अध्यक्ष थापाले भने–‘जती रकम संकलित हुन्छ त्यसको हामी एकेडेमीका बालकहरुका लागि खर्च गर्नेछौं ।’

सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा फुटबल प्रतियोगिता र देउसी भैलो कार्यक्रम वार्षिकरुपमा रकम संकलन गर्ने मध्येका कार्यक्रम रहको क्लबका महासचिब रामजी अधिकारीले बताए । ‘हाम्रो यो वािर्षक कार्यक्रमको निरन्तरता हो’ उनले भने–‘संकलित रकमको प्रयोग समेत हामीले क्बलको उद्धेश्य संग जोडिएको सहारा एकेडेमीका बालकहरुका लागिनै हो ।’

यस वर्षको कार्यक्रम वापतका खर्चहरु कटाएर ५ लाख भन्दा वढी बचत गर्ने योजना समेत रहेको उनले सुनाए । देउसी भैलो कार्यक्रममा सांस्कृतिक टोली सहित क्लबका पूर्व अध्यक्ष बिरभद्र आचार्य तथा अन्य पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
तस्बिरः सुदर्शन रंजित
