पोखरामा ‘दि का सांग च्यालेन्ज’ सम्पन्न : नेपालका सुरज र अमेरीकाकी ईमिली बने च्याम्पियन

पोखरा, नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेशले  पोखरामा आयोजना गरेको अन्तराष्ट्रिय स्तरको दि का सांग च्यालेन्ज २०१९ को च्याम्पियन सुरज तामाङ र अमेरीकाकी ईमिली लिटल च्याम्पियन बनेकी छिन ।

छनौट चरण पछि शनिबार अपर सेतीमा सम्पन्न फुल च्यालेन्जमा पुरुष तर्फ सुरजले निर्धारित ३२ किमी (साढे ७ किमी साईकिलिङ, साढे ६ किमी रनिङ र ८ किमी कायाकिङ) १ घण्टा २५ मिनेटमा र महिला तर्फ बिजेता बनेकी लिटलले १ घण्टा ३६ मिनेटमा पार गर्दै च्याम्पियन बनेकी हुन ।

पुरुष तथा महिला तर्फको बिजेता द्वयले मेडल, प्रमाणपत्र सहित नगद रु १ लाख प्राप्त गरे । त्यस्तै पुरुष तर्फ दोस्रो बनेका प्रशान्त राई (१ घण्टा २५ मिनेट १५ सेकेण्ड) र र महिला तर्फ दोस्रो बनेकी अष्टेलियाका लिज हेथ (१ घण्टा ४४ मिनेट) ले मेडल तथा प्रमाणपत्र सहित जनही ५० हजार हात पारे । भने पुरुष र महिला तर्फ तेस्रो बनेका क्रमश शक्तिमान गुरुङ (१ घण्टा २६ मिनेट ५७ सेकेण्ड) र शुधा राई (१ घण्टा ५४ मिनेट) ले मेडल तथा प्रमाणपत्र सहित जनही २५ हजारको हकदार बनेको च्याम्पियनका टेक्निकल संयोजक निम मगरले बताए ।

उनका अनुसार हाफ च्यालेन्जमा पुरुष तर्फ एपिएफका लक्ष्मण मल्लले साढे ७ साईकिलिङ र साढे ६ किमि रनिङ ४१ मिनेटमा पार गर्दै मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्राप्त गरे । त्यस्तै दोस्रो बनेका नेपाल आर्मीका हिमाल टमटाले ४२ मिनेटमा निर्धारित दुरी पार गर्दै मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार हात पारे भने तेस्रो बनेको आर्मीकै कमल ओलीले निर्धारित १४ किमी ४६ मिनेटमा पार गर्दै मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजारमै चित्त बुझाए ।

त्यस्तै महिला तर्फ एपीएफकी हुमा बुढा मगरले साढे ७ किमी साईकिलिङ र साढे ६ किमि रनिङ ५१ मिनेटमा पार गर्दै प्रथम बनिन् । उनले मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्राप्त गरिन ।

त्यस्तै दोस्रो बनेकी सोही क्लबकै ईन्द्रकला नेम्वाङले ५२ मिनेटमा निर्धारित दुरी पार गर्दै मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार हात पारिन भने तेस्रो बनेकी एपीएफकै निर्जला ताम्राकारले निर्धारित १४ किमी ५४ मिनेटमा पार गर्दै मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजारमै चित्त बुझाईन ।

च्यालेन्जमा बिजेता तथा उपबिजेता र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पुरस्कार वितरण गरेका थिए ।

संयोजक निम मगरका अनुसार ८ र ९ गते सञ्चालन भएको फुल र हाफ च्याम्पियनमा विभिन्न म्ुलुकका १०० बढि खेलाडीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close