होटल ब्लु म्यागनेटले दियो साग महिला ह्याण्डबल टोलीलाई खेल जर्शी

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पोखरामा तयारी गरिरहेको राष्ट्रिय महिला ह्याण्डबल टिमलाई होटल ब्लु म्यागनेट पोखराले खेल जर्शी उपलव्ध गराएको छ ।

पोखरा लेकसाइड ढिहिकोपाटनमा संचालित ब्लु म्यागनेटमा राष्ट्रिय महिला ह्याण्डबल टिम गत असोज बाट सुरू भएको बन्द प्रशिक्षण बाट नै बसोबास गरिरहेको छ ।

नेपाली राष्ट्रिय महिला ह्याण्डबल टिमले १३ औं सागमा पदक प्राप्त गर्न सकोस भन्ने उद्धेश्यका साथ खेलाडीहरुको मनोबल उच्च राख्न होटलका तर्फ बाट खेल जर्शी उपलव्ध गराएको होटलका अध्यक्ष मुछेत्र गुरुङले बताए । ‘आफू पनि कुनै बेला खेलाडी भएकोले खेलाडीको मर्मलाई राम्रो संग बुझेकोले होटेलले सिमित घेरा भित्रको खर्चमा खेलाडीको हितमा प्रयोग गरेका छौं’ उनले भने–‘हामी नेपाली टिमले पदक जितोस भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छौं ।’

होटलका तर्फ बाट बन्द प्रशिक्षणमा रहेका महिला र पुरुष टिमका ६ जना प्रशिक्षक र महिला १६ जना खेलाडीलाई जर्शी उपलव्ध गराएको अध्यक्ष गुरुङले जानकारी दिए ।

साग अन्तरगत यहि मंसिर १५ गते बाट पोखरामा ह्याण्डबल खेल हुने भएकोले हाल नेपाली महिला तथा पुरुष टिम पोखरामानै बन्द प्रशिक्षणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close