रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा प्रिन्स रजतमै सिमित

पोखरा, नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यु २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा दोश्रोमै सिमित हुन पुगेका छन् ।

उपाधी नजिक पुगेका प्रिन्स फाईनलमा प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नान संग १६–२१, १७–२१ को सेटमा पराजित हुँदै रजतमा खुम्चिएका हुन् ।

च्याम्पियनसिपमा नेपालले एक रजत र तीन कास्य हात पारेको छ । पुरुष एकलमा रजत, मिक्स युगलमा दुई कास्य र मिक्स टिम ईभेन्ट्समा एक कास्य प्राप्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close