
पोखरा,
नेपालमा यहि मंसिर १५ देखि २४ गते सम्म आयोजनाका लागि तयारी बैठकहरु जारी रहेकै बेला पोखरामा हुने साग अन्तरगतको तयारी समितीको पहिलो बैठक विभिन्न निर्णयहरु गरि सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बीशुव्वा गुरुङको प्रमुख आतिथ्यता तथा संघिय सरकारका यूवा तथा खेलकुद मन्त्रिको विशेष उपस्थितीमा सम्पन्न बैठकले पोखरामा हुने १३ औं सागलाई सफल र व्यवस्थित बनाउन विभिन्न १३ वटा समितीका संयोजकहरु चयन गरेको छ ।
साग खेलकुद तयारी समिती पोखराका सचिब तथा प्रदेश खेलकुद कार्यालयका प्रमुख लक्ष्मण योगीका अनुसार खेल स्थल व्ययवस्थापन समितीको संयोजकमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, अतिथी सत्कारमा गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, अनुगमन तथा मुल्याकंन समितीको संयोजकमा गण्डकी प्रदेशका सांसद दिपक कोइराला रहेका छन ।
त्यसै गरि समारोह व्यवस्थापन समितीको संयोजकमा तेज गुरुङ, प्रचार प्रसार तथा प्रकाशन समितीको संयोजकमा केशब पाठक, यातायात व्यवस्थापनमा तोरण बानिया, आवास व्यवस्थापनमा सूर्य भूजेल, शुरक्षा समितीमा नेपाल प्रहरीका डिआइजी बिनोद घिमिरे, श्रोत साधन परिचालनमा संजिब कोइराला रहेका छन ।
खेल सामाग्री उपकरण तथा पोशाक संयोजकमा सम्पन्न श्रेष्ठ, स्वंय सेबक परिचालनमा विष्णु केसी सोही समिती अन्तरगत लिआजन सम्पर्क समितीको संयोजकमा जगन गुरुङ, स्वास्थ्य समितीको संयोजकमा डा. पदम खडका लाई बैठकले संयोजकमा तोकेको छ ।
गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि तथा साग खेलकुद तयारी पोखराका संयोजक नरदेबी पुन मगरको अध्यक्षतामा सम्पन्न बैठकले पोखराको तयारी समितीमा आमन्त्रित सदस्यका रुपमा गण्डकी प्रदेशका सांसद दिपक कोइराला र मोहन रेग्मीलाई सदस्यका रुपमा थप गर्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
बैठकले पोखरामा १३ औं साग अन्तरगत हुने ९ वटा विभिन्न खेलहरुका पूर्वाधारहरुको निर्माण सम्पन्न गर्न तिव्रता दिन र प्रेक्टिस खेल मैदानहरु सम्पन्न गर्न लाग्ने आवश्यक खर्च रकम समेत माग गर्ने निर्णय गरेको छ ।
बैठकमा गण्डकी प्रदेशका सांसद दिपक कोइराला, १३ औं साग तयारी समितीका सदस्य एवम पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिसी, सोही समितीका सदस्य एवम राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, सोही समितीका सदस्य एवम नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङको समेत उपस्थिती रहेको थियो ।
बैठकले विभिन्न समितीलाई यथासिघ्र पूर्णता दिने तथा विभिन्न समितीको सचिबको रुपमा खेलकुदमा कार्यरत कर्मचारीहरुलाई थप्ने निर्णय भएको कार्यालय प्रमुख योगीले जानकारी दिएका छन ।
