
केशब पाठक,
पोखरा, यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले बजेट अभावमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारीमा कुनै बाधा नहुने बताएका छन ।

पोखरामा आयोजना हुने १३ औं साग अन्तरगतका पूर्वाधार निर्माण र तयारी बारे बिहिबार निरिक्षण गर्दै मन्त्रि विश्वकर्माले सबै निर्माणका काम हरु तोकिएकै समयमा सम्पन्न हुने बताउँदै भने–‘आवश्यक बजेट समेत निकाशा भइसकेको छ कुनै ढिलाई भएको छैन सागको भव्य तयारीका लागि मन्त्रालय अगाडी बढेको छ ।’

१३ औं सागको निर्माणले गति लिएको बताउँदै मन्त्रि विश्वकर्माले कामको प्रगती अनुसारनै बजेट सम्वन्धित प्रक्रिया अनुसार र माग अनुसारनै आवश्यक बजेट निकाशा भइरहेको बताउँदै भने–‘बजेटका कारणले निर्माणमा शुष्तता आएको पनि छैन, ढिलाई हुने स्थिती पनि छैन ।’ निरिक्षणका क्रममा मन्त्रि विश्वकर्माले राष्ट्रिय खेलकुद परिषदका विभाग अन्तरगत प्रमुखहरुलाई सोझै फोन मार्फत कुरा गर्दै यथासिघ्र बजेट निकाशा गर्न र आवश्यक कामहरुमा ढिलाई नर्गन निर्देशन समेत दिएका थिए ।

मन्त्रि विश्वकर्माले पोखरा रंगशाला स्थित निर्माणाधिन फुटबल स्टेडियम, बहुउद्धेश्यिय कभर्ड हल व्याडमिन्टन हल लगाएतका पूर्वाधारहरुका बारेमा जानकारी लिएका थिए । मन्त्रि विश्वकर्मालाई निर्माणाधिन पूर्वाधारका बारेमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जानकारी गराएका थिए ।

निरिक्षणका क्रममा मन्त्रि विश्वकर्मा संगै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुन मगर, पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिशी, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, गण्डकी प्रदेश खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी लगाएत रहेका थिए ।
स्मरिणय के छ भने साग खेलकुद नेपालमा आयोजना हुन अब ५० दिन बाँकी रहेको छ ।
