सागका लागि ब्याडमिन्टन खेलाडी छनोट सुरु

पोखरा,
नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण एशियाली खेलकुदका लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ ।

पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषदद्वारा संचालन गरिएको बन्द प्रशिक्षणमा रहेका छन ।

सोही प्रशिक्षणमा रहेका ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र १० महिला खेलाडीहरुको छनोट गर्न लागिएको छनौट कार्यका संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।

प्रतियोगिता लिगका आधारमा खेलाईएको समेत संयोजक शाहले बताए । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भईरहेको प्रतियोगिता तीन दिन सम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close