‘भत्किएको विद्यालयको भवन नवनाई खेलकुदमा लगानी असम्भव’–अर्थमन्त्रि खतिवडा

केशब पाठक,
पोखरा,
नेपाल सरकारका अर्थ मन्त्रि यूवराज खतिवडाले भत्किएको विद्यालयको भवन नवनाई खेलकुदमा लगानी असम्भव रहेको बताएका छन ।

शनिबार निर्माणाधिन पोखरा रंगशाला स्थित फुटबल रंगशाला लगाएत अन्य पूर्वाधार निरिक्षण गर्दै मन्त्रि खतिवडाले खेलकुद मानसिक, शारिरिक तन्दुरुस्ती र अुशासनका हिसावले अति आवश्यक ठानिएको भए पनि मौलिक अधिकारका रुपमा दर्ज नहुँदा लगानीमा समस्या आएको प्रष्टाएका हुन ।

जसरी शिक्षा, स्वास्थ्य, पिउने पानी लगाएत सामाजिक शुरक्षाका विषयहरु संविधानमा मौलिक अधिकारका रुपमा रहेर प्राथमिकतामा रहेको बताउँदै मन्त्रि खतिवडाले भने–‘खेलकुदलाई पनि प्राथमिकता राख्नु त पर्ने हो, यता विद्यालयको भत्किएको भवन नवनाई भने जस्तो गरि खेलकुदमा नै धेरै लगानी गर्न भने सम्भव नै छैन ।’

क्षेत्रिय प्रतिवद्धता १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्नुपर्ने भएकाले अहिलेका लागि सरकारले बजेटको शुनिश्चितता गरेको प्रष्टाउँदै निर्माण भइरहेका पूर्वाधारहरुको गुणस्तरियताका लागि स्वयं निर्माण कम्पनी जिम्मेवार बन्नु पर्ने उल्लेख गर्दै भने–‘यसका लागि प्रदेश सरकार र स्थानिय सरकारले पनि जिम्मेवारीपूर्वक अनुगमन गर्नुपर्ने हुन्छ ।’

नेपालमा आयोजना हुने १३ औं साग आउन करिब ७० दिन बाँकी रहेको प्रसंगमा अर्थ मन्त्रि खतिवडाले ७०/७२ दिन काम गर्नका लागि लामो समयनै बाँकी रहेको तर्क अघि सार्दै काम अनुसार नै बजेटको शुनिश्चितता पनि गर्दै जाने बताउदैं भने–‘अब बहसमा नलागी पूर्वाधार निर्माणमा आवश्यक बजेटका लागि अर्थमन्त्रालय बाट कुनै अवरोध हुँदैन ।’

साग खेलमा सबै देशका खेलाडीहरुको सहभागिता हुनेमा आफू ढुक्क रहेको बताउँदै अर्थमन्त्रि खतिवडाले साग आयोजनाका बाँकी दिनहरुलाई दिन र घन्टामा गुणन गरेर यूद्धस्तर बाट टिम स्पिरटले काम गर्न सबैलाई आग्रह गर्दै पोखरा रंगशालको पूर्वाधार बिकासको कार्यप्रती आफू सन्तुष्ट रहेको बताए ।

सो अवसरमा पोखरा महानगर पालिका प्रमुख मान बहादुर जिशीले अर्वौको बजेट लगानीमा निर्माण भइरहेका पूर्वाधारहरुको उचित अनुगमन गर्नुपर्नेमा जोड दिदैं त्यसका लागि आवश्यक कदम चाल्न अर्थ मन्त्रि खतिवडा संग आग्रह गरेका थिए ।

पोखरा रंगशाला पुगेका मन्त्रि खतिवडालाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले रंगशालामा निर्माण भइरहेका पूर्वाधारहरुका बारेमा जानकारी गराएका थिए ।

निरिक्षणका क्रममा मन्त्रि खतिवडाले पोखरा रंगशालाको क्रिकेट खेल मैदान, आर्चरी, बहुउद्धेश्यिय कभर्डहलको निरिक्षण गरेका थिए । सोही अवसरमा उनले बन्द प्रशिक्षणमा रहेका पुरुष राष्ट्रिय ह्याण्डबल खेलाडीहरुलाई भेटेर शुभकामना समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close