पिएम कप महिला क्रिकेट : एपीएफ र लुम्बिनी सेमिफाइनलमा

पोखरा स्पोर्टस । दाङमा जारी महिला प्रधान मन्त्री (पिएम)कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

आईतबार दिनको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनल पुगेका हुन् । लगातार दुई खेलमा पराजितहुन् पुगेका कर्णाली र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएका छन् ।

यता प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले प्रदेश २ ले प्रस्तुत गरेको ७३ रनको विजयी चुनौतीलाई १३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । एपिएफकी ओपनर ज्योती पाण्डे ४० बलमा ४ चौका सहित सर्वाधिक ३० रनको योगदान दिइन् । सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहिन् । त्यस अघि कप्तान सीता राना मगर ३० बल खेल्दै १ चौका सहित १८ रनमा आउट भइन् ।

बलिङतर्फ प्रदेश २ कीकवितागौतम र सरस्वतीकुमारी चौधरीले १–१ विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर ७२ रन बनाएको थियो । टिमले उक्त रन बनाउने क्रममा उसका लागि अनुराधा चौधरीले सर्वाधिक ठूलो पारी खेलिन । यस्तै टोलीका लागि शोभा आले ले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन र विमला मगरले ६ रन बनाएकी थिइन् ।

बलिङ तर्फ एपीएफकी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । भने रेखा रावल, करुणा भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले समान १–१ विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा प्रतियोगिताबाट बाहिरी सकेका कर्णाली र प्रदेश २ को बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सेमिफाइनल पुगिसकेको एपीएफले लुम्बिनीको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close