विश्व फुटभलीमा नेपालले प्रतिस्पर्धा गर्ने

पोखरा,
विश्व फुटभली संघको निमन्त्रणमा मित्र राष्ट्र थाईल्याण्डमा आयोजना हुने थाईल्याण्ड वल्र्ड फुटभलि च्याम्पियनसिप २०१९ मा प्रतिस्पर्धा गर्न नेपाली फुटभलि टिम थाईल्याण्ड प्रस्थान गरेको छ ।

थाईल्याण्ड जाने चार सदस्यीय टोलीलाई नेपाल फुटभलि संघका अध्यक्ष मनिष जोशी “राम” तथा टोखा वडा नं. २ का अध्यक्ष दीपकराज जोशीले एक कार्यक्रमविच बिदाई गरे ।

थाईल्याण्ड जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा हरि महर्जन, टिम प्रशिक्षकमा निरञ्जन डङ्गोल र खेलाडी द्वयमा बुद्ध महर्जन र कुमार लवट रहेका छन् ।

टोलीलाई बिदाई गर्दै संघका अध्यक्ष जोशीले नेपालमा फुटभली खेलको सम्भावनालाई मध्यनजर गर्दै राखेपमा दर्ता रहेको फुटभली संघको नयाँ कार्यसमितिको चयन आगामी कार्तिक मसान्त भित्र गर्ने जानकारी गराए । उनले नेपाली टोलीलाई शुभकामना दिंदै दक्षिण एशियामा नेपालले जित हात पारिसकेको तथा एयिशन च्याम्पियनसिपमा निकैनै राम्रो प्रदर्शन गरिसकेको नेपालले यस विश्व च्याम्पियनसिपमा पनि आफ्नो छाप छोड्न सफल हुने बिश्वास लिएको बताए ।

विच भलिबल झै बालुवामानै हातको प्रयोग विना खुट्टाको माध्यमबाट खेलिने फुलभलि च्याम्पियनसिप अशोज १ देखि ४ गते सम्म आयोजना हुने छ । नेपाली टोली सोमबारनै त्यस तर्फ प्रस्थान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close