दक्षिण एसियाली नेटबल कार्तिकमा हुने

पोखरा,
पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिप कार्तिक पहिलो साता हुने भएको छ । च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने छ ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिप कार्तिक १ गतदेखि ५ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा सञ्चालन हुने नेपाल नेटबल संघका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि मलेसिया, भारत, श्रीलंका र पाकिस्तानका निर्णायक आउने छन् ।

३१ लाख रुपैयाँ बजेट रहेको च्याम्पियनसिपका लागि नागार्जुन नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महिला सशक्तिकरणका लागि आयोजना हुन लागेको च्याम्पियनसिपका लागि नगरपालिकाले सहयोग गर्न लागेको अध्यक्ष बस्नेतले जानकारी दिए

च्याम्पियनसिपका लागि नेपालले विगत एक महिनादेखि छनोट प्रतियोगिता भइरहेको संघका महासचिव दीपक लामाले बताए । हाल प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम १२ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिने लामाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close