
पोखरा,
नेपाल क्योकुशिन कान कराँते संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ ।
क्योकुशिन कान कराँते साउथ अफ्रिका प्रमुख तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकारी हेनी बोसमेन र क्योकुशिन कान नेपालका संस्थापक राजेन्द्र सुबेदीले बिहिबार देखी आगामी सोमबार सम्म सेमिनारमा प्रशिक्षण दिने छन् ।
प्रशिक्षक होनिई बोसनले ८ औँ तहको ब्ल्याक बेल्ट पाएका छन् भने राजेन्द्र सुबेदीले ४ औ तहको ब्ल्याक बेल्ट प्राप्त हुन् ।
नेपालका विभिन्न जिल्लाका ६० खेलाडी सेमिनारमा सहभागी भएका छन् । प्रशिक्षणमा बेसिक, कुमेते, स्टेपिङ र अन्तर्राष्ट्रिय नियमहरु प्रशिक्षण दिइने सेमिनारका संयोजक तथा क्योकुशिन कान कराँतेका गण्डकी प्रदेश प्रमुख प्रशिक्षक दिपक गोदारले जानकारी दिए ।
