पोखराको नदिपुरमा क्लब स्तरिय भलिबल प्रतियोगिता शुरु

पोखरा,
पोखराको नदिपुरमा दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । आगामी २१ गते सम्म सञ्चालन हुने प्रतियोगिता आज (मंगलबार) देखी कर्पाकेली समाजको प्राङ्गणमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र टिम ‘ए’ ले पिबिटि युनाईटेडलाई सोझो सेटमा पराजित गर्याे ।

त्यस्तै दोस्रो खेलमा शान्ता भलिबल प्रशिक्षण केन्द्रलाई छन्त्याल समाजले सोझो सेटमै पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गर्याे । भने तेस्रो खेलमा स्याङ्जाको अनुपस्थितिमा विभागिय टोली एपीएफ टिम ‘बी’ बिजयी बन्यो ।

यसअघि कास्की जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष याम गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए ।सो अवसरमा बोल्दै गुरुङले खेलकुद बिकासका लागि उक्त प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए । खेलकुदले शरिर स्वस्थ्य राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउदै उनले मर्यादित र अनुशासित भएर खेल खेल्नुपर्नेमा जोड दिए ।

प्रतियोगितका खेलकुद संयोजक अनिल गुरुङले क्लब स्तरिय पुरष भलिबल तर्फ १४, महिला तर्फ ९ र भेट्रान्स तर्फ ६ टिमको सहभागिता रहेको बताए ।

प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गर्नेछ । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने छ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close