न्यू-डायमण्ड र पुलिस महिला भलिवल प्रतियोगिताको फाइनलमा

पोखरा,
न्यू–डायमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लव राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन ।

लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको उक्त प्रतियोगितामा आइतबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै न्यू–डायमण्ड र पुलिसले उपाधिको लागि सोमबार फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका हुन ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू-डायमण्डले घरेलू टिम गण्डकी प्रदेशलाई २५–१८, २५–२० र २५–१९ को सोझो सेटमा पराजित गरी फाइनलमा यात्रा बनाएको हो । राष्ट्रिय बन्द प्रशिक्षणबाट दोश्रो चरणमा बाहिरिएका गण्डकी प्रदेशका दुई जना खेलाडी लक्ष्मी कुमाल र ममता डगौरा गण्डकी प्रदेशबाटै खेल्दा पनि प्रदेशले उत्कृष्ट खेल प्रर्दशन गर्न सकेन ।

करिव ७ वर्ष पछि मैदानमा उत्रिएकी पोखरेली खेलाडी सिपोरा गुरुङ सहितका खेलाडी मैदानमा उतारेको न्यू–डायमण्ड बिरुद्ध गण्डकीले एक सेट पनि जित हासिल गर्न सकेन् । सिपोरा गुरुङ केही समय अघि देखि अध्ययनको शिलसिलामा अमेरीका थिइन उनलाई हाल न्यू–डायमण्डले आफ्नो टिममा समावेश गरेको हो । केही खेलाडी तथा दर्शकहरुले सिपोरालाई गण्डकी प्रदेशबाटै खेल्नु पर्ने प्रतिकृया दिएका थिए ।

त्यसै गरी दोश्रो सेमिफाइनल खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई २५–११, २५–७, र २५–६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । उक्त प्रतियोगितामा समुह ए को विजेता गण्डकी प्रदेश र बी को उपविजेता न्यू–डायमण्ड तथा समुह बी को विजेता पुलिस बिरुद्ध समुह ए को उपविजेता श्रीराम खेलकुद विकास समिति दाङ बिच सेमिफाइन खेल भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close