राष्ट्रिय खेलकुद परिषदको ५६ औं वार्षिकोत्सव पोखरामा मनाइयो

पोखरा,
राष्ट्रिय खेलकुद परिषदको ५६ औं वार्षिकोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र कास्की जिल्ला खेलकुद बिकास समितीको संयूक्त आयोजनामा भएको कार्यक्रममा पोखरा रंगशालाको सरसफाइ कार्यक्रम बाट वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरिएको थियो ।

शुक्रबार बिहान पोखरा रंगशालामा भएको सरसफाई कार्यक्रमको शुभारम्भ राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गरेका थिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, क्षेत्रिय कार्यालयका कर्मचारीहरु प्रशिक्षक र जिल्ला खेलकुदका कार्यलय प्रमुख प्रकाश बराल लगाएतको सहभागिता रहेको थियो ।

यसै गरि शुक्रबार साँझ सम्पन्न कार्यक्रममा ५६ औं वार्षिकोत्सव अंकित केक काट्ने कार्यक्रमका साथै दिपावली समेत गरिएको थियो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले केक काट्नुका साथै सबै कर्मचारी, खेलाडी र प्रशिक्षकलाई शुभकामना दिएका थिए ।

तस्विरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close