लामाचौर तीज महोत्सब महिला राष्ट्रिय भलिबलमा एपिएफले नखेल्ने

पोखरा,
“मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ पोखराको लामाचौरमा जारी लामाचौर तिज महोत्सव अन्तरगत हुने महिला राष्ट्रिय भलिबलमा शसस्त्र प्रहरी बल एपिएफले अन्तिम समयमा आएर नखेल्ने जनाएको छ ।

डिफेन्डिङ च्याम्पिएन समेत रहेको एपिएफले प्रतियोगितामा प्राविधिक कारण डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी वल (एपिएफ) सहभागि नहुने भएकोे आयोजकले जनाएको छ । एपिएफ सहभागी नहुने भए पछि त्यसको स्थानमा दाङको श्रीराम खेलकुद विकास समिति सहभागि हुने भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले जनाएका छन । प्रतियोगितामा अब ६ टिमको मात्रै सहभागिता रहने छ ।

राष्ट्रिय महिला भलिबल अन्तरगत शनिबार लिग चरणका ४ खेलहरु हुने भएको खेल संयोजक श्रेष्ठले जानकारी दिएका छन । प्रतियोगिता अन्तरगत शनिबार विहान गण्डकी प्रदेश र पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौं बिच पहिलो खेल हुने भएको छ । त्यसै गरी शनिबार न्यूडाईमण्ड एकेडेमि बिरुद्ध चितवन टाईगर्स क्लव, अर्को खेलमा गण्डकी प्रदेश बिरुद्ध श्रीराम खेलकुद विकास समिति दाङ बिच खेल हुने भएको छ । शनिबार अन्तिम खेल न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिच हुने भएको छ ।

प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।

यसैबिच, महोत्सवमा शुक्रबार सम्पन्न भएको अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि करुणा निधि एजुकेशन फाउण्डेसन (केभ) ले जितेको छ । केभले फाईनल खेलमा डिफेण्डिङ च्याम्पियन टप्स उच्च माविलाई २५—१९, १९—२५, २५—१८, २२—२५, १५—१० को सेटमा पराजित गरेको हो । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार रहेकोे छ ।

शनिबार नै सम्पन्न भएको एकल नृत्य प्रतियोगिताको उपाधि समिक्षा रानाले जितेकी छन । त्यसै गरी प्रतियोगितामा समृद्धि पाण्डे दोश्रो, बर्षा क्षेत्री तेश्रो र दिपिना गुरुङ शान्त्वना भएकीछन । विजेता प्रतियोगिहरुलाई गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापा, समाजका अध्यक्ष कमलबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका हुन । प्रतियोगिता प्रथम पुरस्कार १० हजार, द्वितिय पुरस्कार ७ हजार, र तृतिय पुरस्कार ५ हजार रहेको सांस्कृतिक संयोजक दीलबहादुर थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close