साग हुने कुरामा कुनै द्विविधा छैन, अब शंका नगरौ–यूवा तथा खेलकुद मन्त्रि विश्वकर्मा

पोखरा,
यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद (साग) हुने कुरामा कुनै द्विविधा नभएको बताएका छन ।

विशेष कार्यक्रमका लागि पोखरा आएका मन्त्रि विश्वकर्माले पत्रकारहरु संगको भेटघाटमा भने–‘साग लक्षित पूर्वाधारहरुको जसरी तिव्र गतिमा काम भएको छ, यहि हेर्दा समेत हामीले अव साग हुन्नकी भनेर शंका उपशंका गर्ने ठाउँनै छैन ।’ सागलाई भव्य र व्यवस्थित रुपमा आयोजना गर्ने दिशा तर्फ अगाडी वढ्न समेत उनले सबैलाई आग्रह गरे ।

देशको प्रतिष्ठा र गरिमा संग जोडिएको साग आयोजना गर्ने जुन अभिभारा नेपालले प्राप्त गरेको छ अव पनि शंका राखेर अगाडी बढ्दा प्राप्त भएको दायित्व पुरा हुन नसक्ने तर्फ मन्त्रि विश्वकर्माले इंगित गर्दै भने–‘साग भनिएकै मितीमा हुन्छ अब कुनै शंका नगरौ ।’

महिला क्रिकेटको समेत पोखरा आयोजनागर्ने गरि तयारी भइरहेको मन्त्रि विश्वकर्माले जानकारी दिए । पोखरामा आयोजना हुने प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार समेत समयमा पुरा हुने उनले बताए । सागको महिला फुटबल आयोजना हुने पोखरा फुटबल स्टेडियमका बारेमा सोधिएको प्रश्नमा मन्त्रि विश्वकर्माले सागका पूर्वाधारहरुको काम समामन्तर रुपमा अघि बढिरहेको र कात्र्तिक १५ गतेको समय सिमा भित्रै सकिने बताए ।

मन्त्रि विश्वकर्माले सागका लागि आवश्यक बजेट समेत आउने क्रम रहेकोले बजेट बारे कुनै चिन्ता नर्गन आग्रह गरे । क्षेत्रिय तथा जिल्ला खेलकुद कार्यालयका प्रमुख र प्राविधिकहरुलाई निर्देशन दिंदै कामलाई बाँडफाँड गरि तिव्रता दिन निर्देशन समेत दिए । उनले एक फरक प्रशंगमा क्षेत्रिय र जिल्ला खेलकुदको नेतृत्व नयाँ कानुन पारित भएर आए पछि पूर्णता हुने बताए ।

मन्त्रि विश्वकर्माले पोखरामा साग लक्षित विभिन्न पूर्वाधारहरुको निरिक्षण गरि आवश्यक निर्देशन समेत दिएका थिए । पोखरा रंगशालमा नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा साग उच्चस्तरिय समितीका सदस्य तेज गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठ लगाएतले निर्माण भइरहेका पूर्वाधारहरु बारे जानकारी दिएका थिए ।

तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close