लामाचौर तिजे मेलाको भलिबल प्रतियोगितामा शिपोराले खेल्ने

पोखरा/केशब पाठक,
पोखराको लामाचौरमा नेपाली महिलाहरुको अवसरमा तिज मेला अन्तरगत आयोजना हुने महिला राष्ट्रिय भलिबल प्रतियोगितामा शिपोरा गुरुङ मैदानमा उत्रने भएकी छन ।

पूर्व राष्ट्रिय टोलीकी खेलाडी शिपोरा अध्ययनको सिलसिला बाट हालै स्वदेश फर्किए पछि डायमण्ड क्लब काठमाण्डौ बाट मैदानमा उत्रने भएकी हुन ।

कुनै बेला दक्षिण एसियाली खेलकुद (साग)मा सबैभन्दा कान्छी खेलाडी समेत रहेकी शिपोरा सागमा काश्य पदकधारी खेलाडी हुन । ‘म भलिबल खेल्न उत्साहीत छु र मैलै अमेरिका बसाईमा आफूलाई धेरै निखारेकी छु’ उनले भनिन । उनले अमेरिका अध्ययनको क्रममा कलेज टिम बाट खेल्ने समेत गरेकी छन ।

गत वर्ष सम्पन्न लामाचौर तिजे मेलामा डायमण्ड क्लब उपविजेता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close