
पोखरा,
काठमाडांैमा सोमबार बाट सुरु भएको एभिसी सेन्ट्रल जोन सिनिएर पुरुष भलिबल च्याम्पिएनशिप अन्तरगत उद्घाटन खेलमा नेपाल किर्गिस्तान संग सोझो सेटमा पराजित भएको छ ।
आयोजक राष्ट्र नेपालले उद्घाटन खेलमा किर्गिस्तान संग अपेक्षा गरिए अनुसार खेल प्रर्दशन गर्न सकेन । ३–० को सोझो सेटमा नेपालले उद्घाटन खेल गुमाउन पुगेको हो । पछिल्ला दुई सेट भन्दा पहिलो सेटमा राम्रो खेल प्रर्दशन गरेको नेपाल आफ्नै गल्तीका कारण चुक्न पुग्यो ।
पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोश्रो सेट २५–२२ ले गुमाउन पुग्यो । तेश्रो सेटमा नेपालको फर्कने प्रयासलाई किर्गिस्तानी टोलीले २५–२२ ले आफ्नो पक्षमा पार्दै नेपाललाई खेलमा फर्कने कुनै मौकानै दिएन । पहिलो सेटमा अग्रता लिइरहेको नेपालको निकै राम्रो सम्भावना देखिएता पनि आफ्नै गल्तीले किर्गिस्तान संगको खेल गुमाउन पुग्यो ।
आज नै भएको समुह ‘बि’ अन्तरगत बिचको खेलमा सेन्ट्रल जोनको साबिक बिजेता तुर्किमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको छ ।
निकैनै प्रतिष्पर्धात्मक खेलमा पहिलो सेट ३२–३० ले जितेको तुर्किमिनिस्तानले दोस्रो सेट भने २५–१६ को अंकले गुमाउन पुगेको थियो । तर पछिल्ला दुई सेट २७–२५ र २६–२४ ले जित्दै तुर्किमिनिस्तान बिजयी बन्यो ।
यता दक्षिण एसियाली राष्ट्र बंगालादेश उज्वेकिस्तान संगको खेलमा पराजित भएको छ । लिग चरण अन्तरगत समुह ‘बि’को खेलमा बंगालादेश ३–० को सोझो सेटमा पराजित भएको हो । खेलमा उज्बेकिस्तान २५–१६, २५–१६ र २५–२३ ले बिजयी भएको हो ।
यस अघि भदौ ६ गते सम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा (सुनार) ले एक भब्य कार्यक्रमका बिच गरेका थिए ।
